भीरकोट २ मा एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश

भीरकोट ।
नेपाली काँग्रेस भीरकोट २ को टोल विकास समिति भेला सम्पन्न भएको छ । वडा सभापति रमेश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आथित्यता काँग्रेस जिल्ला सदस्य तथा संयोजक तोयनाथ अर्यालले गरेका थिए । भेलामा सम्वोधन गर्दै अर्यालले आगामी स्थानीयतहको निर्वाचनमा सबै काँग्रेस कार्यकर्ताहरु एकजुट भएर लाग्न आग्रह गरे । मुलुकमा संकट पर्दा काध थाप्ने पाटी काँग्रेस भएको भन्दै अर्यालले जनताको मन जित्नेगरी अगाडी बढ्न सहभागी काँग्रेस कार्यकर्ताहरुलाई सुझाए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता पिताम्वर श्रेष्ठ, जिल्ला सदस्य इन्दिर केसी, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी(लक्षमण), श्यामकाजी अधिकारी लगायतले घर—घर जाऔं, काँग्रेस जिताऔं अभियानलाई सफल बनाउन आग्रह गरे । कार्यक्रममा एमाले पाटी परित्याग गरी १ दर्जन भन्दा बढी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । पाटी प्रवेश गर्ने कार्यकर्तालाई नेपाली काँग्रेसको सदस्यता दिएर स्वागत गरिएको वडा सभापति पौडेलले जानकारी दिए ।
वडा उपसभापति सोमप्रसाद श्रेष्ठको स्वागत मन्तव्य सहित शुरु भएको कार्यक्रमको संचालन सचिव राजेन्द्र विक्रम खाँणले गरेका थिए ।
प्रतिक्रिया