ट्राफिक सुरक्षमा संघिय सरकारको असहयोग ः मन्त्री दोवाटे

स्याङ्जा ।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले प्रदेशमा संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेश सरकारले राख्ने ब्यवस्था मिलाउनेगरी नीतिगत ब्यवस्था गर्नुपर्नेे बताएका छन् । आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकामममा ट्राफिक ब्यवस्थापन सुदृढीकरण सम्बन्धी शुक्रवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रदेशबाट राजश्वमा ठूलो सहयोग गरेता पनि संघबाट आवश्यकता अनुरुपका बजेट नआउदा ट्राफिक सुरक्षा ब्यवस्थापनमा सुरक्षा निकायले कठिनाई भोग्नु परेको र त्यसको प्रभाव जनस्तरसम्म परेको बताए । पैसा उठाउने र संघमा पठाउने प्रवृतीमा केही परिवर्तन गर्न आवश्यक रहेको बताउदै मन्त्री दोबाटेले स्रोत र साधनका अभावका अपराधीहरु फरार हुने क्रम बढ्ेकोमा चिन्ता ब्यक्त गरे । मन्त्री दोबाटेले ट्राफिक नियम कडाईका साथ कार्यान्वयन गर्न सुझाव दिदै प्रादेशिक कार्यालय भवन निर्माण र सीसी क्यामरा जडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । एक महिना भित्रै सवारी चालक अनुमति पत्र पाउने बिधी र ब्यवस्था मिलाउने तयारी भैरहेको जनाउदै उनले बर्षात् सुरु भैसकेको र विपदका घटना घटिरहेका बेला सुरक्षाकर्मी लगायत सरोकारवाला सबैलाई सबैले सहयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसदस्य भागवतप्रकाश मल्लले प्रदेश सरकारले सवारी साधानमाथि लगाएको करबारे पुनबिचार गर्ने बताए । उनले अटो चालकका समस्यालाई सुक्ष्म तरिकाले अध्ययन गरिरहेको जनाउदै सांसद मल्लले लाइसेन्स, बिमा र सडक अनुमतिका लागि सहज बनाउनेगरी काम गरिरहेको जनाए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी, वालिङ् नगरप्रमुख कृष्ण खाँण, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, आन्तरिक मामिला मन्त्रालयका शाखा अधिकृत शिल लम्साल लगायतले सवारी तथा यातायात ब्यवस्था ऐन एवं नियमावलीको पूर्णतः कार्यान्वयन गर्दे ट्राफिक सुरक्षा सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिए । सिमित स्रोत र साधनका बाजजूद पनि ट्राफिकले ठूलो जिम्मेवारी बहन गरेको बताए । आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले मन्त्रालयबाट ट्राफिक ब्यवस्थापनमा भए गरेका कार्यका बारेमा र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले प्रदेशको ट्राफिक ब्यवस्थापनको अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्वाधार विकास कार्यालय प्रमुख सन्तोष अर्याल, ईन्जिनियर नवराज दोरंगाा, यातायात ब्यवसायी बिमल अर्याल, अटो ब्यवसायी अर्जुन थापा, बिद्यार्थी, इक्रा वेगम लगायतले दुर्घटना न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने आ आफना धारणा सहितका सुझाव दिएका थिए । गण्डकी प्रदेशमा सवारी दुर्घटना बढी हुने भएको जनाउदै दुर्घटना न्यूनिकरणका नीति निर्माणका लागि आवश्यक सुझाव संकलन गर्ने उदेश्यले स्याङ्जामा कार्यक्रम गरिएको सचिव अधिकारीले बताए ।

प्रतिक्रिया