राष्ट्रिय समस्या समाधान गर्न विश्वासको मत दिएका हौँ ः काग्रेस उपसभापति गुरुङ

वालिङ ।
प्रतिनिधि सभा सांसद तथा नेपाली कांगे्रसका केन्द्रिय उपसभापति धनराज गुरुङले राष्ट्रिय समस्या समाधान गर्नका लागी वर्तमान प्रधानमन्त्रीलाई नेपाली कांगे्रसले विश्वासको मत दिएको बताएका छन् । शुक्रबार आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो आँधीखोलाको १७औँ साधारण सभालाई सम्बोधन गर्दै सांसद गुरुङले देशको वर्तमान परिस्थितिलाई हेरेर राष्ट्रिय समस्या समाधानको लागी विश्वासको मत दिएको बताएका हुन् । वर्तमान देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै मुलुकलाई श्रीलंकामा जस्तो जनताले नेता लखेट्ने अवस्था नआओस भनेर सरकारलाई विश्वासको मत दिईएको उनको भनाई छ । आर्थिक सुशासन कायम नहुँने हो भने जनताले दुख पाउने भन्दै आर्थिक सुशासन कांगे्रसले चाहेको बताए ।
नेताहरुमा नैतिकता हराउँदै जाँदा काममा भन्दा पब्लिक स्र्टन्डमा लाग्दा नागरिकको समस्या समाधान नभएको उनको भनाई छ । जनताले निर्वाचित गरेर पठाएका मन्त्रिहरुको अर्जुनदृष्टि मात्रै काममा फोकस हुनुपर्ने भन्दै सस्तो लोकप्रियताका लागी नलाग्न उनले आग्रह गरे । आर्थिक मन्दीको समाधान गर्दै देशको विकास र समृद्धिका लागी कुनै पार्टी नभनिकन एक हुनुपर्ने उनको भनाई छ । स्वदेशमै उत्पादिन वस्तुको उपयोग गरी बाहिर पैसा जाने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा रेडियोका निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, माओवादी केन्द्रका संयोजक प्रकाश न्यौपाने, नेपाली कांगे्रसका कार्यबहाक सभापति केदार काफ्ले, राष्ट्रिय सहकारी बैंकका प्रमुख टिकाराम अधिकारी, राप्रपाका पदमकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, वालिङ नगरपालिका निर्वतमान प्रमुख दिलिपप्रताप खांण, गुणनिधि काफ्ले, केशरबहादुर खांण धु्रव, निर्वाचित प्रतिनिधि युगमाया पंगेनी, पुर्व संचालक रेशमलाल कोईराला, सेयर सदस्य गोपाल जिटि, विज्ञापन दाता देवबहादुर बोगटी, कमलप्रसाद बगाले, सेयर सदस्य शान्ता थापा र खुमकान्त अर्याललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नियमित श्रोता, नियमित विज्ञापन दाता र उत्कृष्ठ कर्मचारीको रुपमा समाचार वाचिका आरती कुँवरलाई सम्मानित गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ र संचालन सचिव यमकान्त खनालले गरेका थिए । उदघाटन सत्रपछि चलेको बन्दसत्रले अध्यक्ष, कोषाध्यक्ष, सचिव र लेखा संयोजकले पेश गरेको प्रतिवेदन पास गरिएको छ ।
प्रतिक्रिया