विद्युत महशुल बढाउन खोजिएको भन्दै गण्डकी प्रदेश सांसदको ध्यानार्कषण

वालिङ ।
बुटवल पावर कम्पनीले विद्युत महशुल वृद्धि गर्नका लागी सरोकारवालालाई जानकारी नै नदिई काठमाडौँमा सार्वजानिक सुनुवाई गरेको भन्दै गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारीले ध्यानार्कषण जनाएका छन् । सांसद अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता किसिमका सार्वजानीक सुनुवाई प्रभावित क्षेत्र वा जहाँ उभोक्ता छन् सोही ठाउँमा गर्नुपर्ने भन्दै यो सार्वजानिक सुनुवाईको सान्र्दभिकता र प्रभावकारी नभएको जनाएका हुन् ।
आर्थिकमन्दीका कारण देशको अर्थतन्त्र ठप्प भईरहेको अवस्थामा विद्युत महशुल वृद्धि गर्ने निर्णयबाट आम उपभोक्तालाई असहज हुने भन्दै जनताको ढाक सेक्ने गरी विद्युत महशुल भारी मूल्यमा वृद्धि गर्न खोजिएकोप्रति गम्भीर आपत्ति रहेको सांसदद्धले विज्ञप्तिमा उल्लेख गरेका छन् । मूल्य वृद्धि तत्काल फिर्ता लिन वा यस विषयमा सम्बन्धित क्षेत्रका उपभोक्ताहरुसंग रायसल्लाह तथा सार्वजानिक सुनुवाई गरी उपयुक्त निर्णय लिनुपर्नेमा बीपीसीले बिना कुनै आधार मनोमानी ढंगले विद्युत महशुल वृद्धि गरी लागू गर्ने प्रयास गरेमा त्यसबाट उत्पन्न हुने जनआक्रोसले ल्याउने परिणाम दुखदायी हुने भन्दै सचेत हुन आग्रह गरिएको छ ।
बिपिसिले बृद्धि गर्न लागेको महशुल तत्काल फिर्ता लिई समयको गाम्भियतालाई मनन गर्न विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ । त्यस्तै यता नेपाली कांगे्रूस वालिङ नगर समितिले समेत विद्युत महशुलमा वृद्धि गर्ने मनसायले सरोकारवालालाई थाहै नदिई काठमाडौमा सार्वजानिक सुनुवाई गरेको प्रति ध्यानार्कषण जनाएको छ ।

नगर सभापति नेत्रप्रसाद पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तिमा विगत लामो समय देखि बिपिसिको जुनसुकै निर्णयलाई शिरोधार्य गरेका आम उपभोक्ताहरुलाई बिपिसिले थेग्नै नसक्ने गरी मूल्यवृद्धि गर्न खोजेको भन्दै जनताको जिवनसंग जोडिएको विद्युत उपभोग जस्तो अत्यावश्यक वस्तुमा कम्पनीले उपभोक्ताहरुलाई थाहैे नदिई मूल्यवृद्धि गर्न खोजिएकोप्रति नेपाली कांगे्रस नगर समितिको गम्भीर ध्यानार्कषण भएको उल्लेख गरिएको छ ।

बिपिसिको मनोमानीपुर्ण निर्णयलाई जनताले निरीहतापुर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको भन्दै विद्युत महशुलमा गरिएको मूल्य वृद्धिले अन्य वस्तुमा समेत प्रभाव पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । बिपिसिको यो निर्णयले आम उपभोक्ता मारमा पर्ने भन्दै जनसरोकारको यो अन्यायपुर्ण किसिमले हुने गैईरहेको मूल्यवृद्धिमा नेपाली कांगे्रस पार्टी मुकदर्शक बन्न नसक्ने चेतावनी दिईएको छ । बिपिसिको यो निर्णय विरुद्ध सशक्त प्रतिरोध संर्घषमा उत्रन पार्टीका सबै भातृ संगठन र समस्त उपभोक्ताहरुमा अपिल गरिएको छ । जनताको ढाडै सेक्ने गरी गर्न खोजिएको मूल्यवृद्धिको प्रक्रिया तुरुन्त रोक्न बिपिसिसंग माग गरिएको छ ।

 

प्रतिक्रिया