विपीको मेलमिलाप नीति अहिलेपनि अनुकरणीय— सभापति थापा

स्याङ्जा ।
४१ औं विपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस स्याङ्जाले जिल्ला सदरमुकाममा विपिको शालिकमा माल्यार्पण तथा बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाभित्र रहेका विपिको शालिकमा माल्र्यापण र पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भाुलपहाडमा बृक्षारोपण गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभाका सांसद राजु थापाले महामानव विपि कोईरालाले प्रतिपादन गर्नुभएका नीति र सिद्धान्तलाई अबलम्बन गर्दै नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताए । सांसद थापाले नेपाली कांग्रेस पार्टी थप शसक्त र सुदृढ रुपमा अगाडि बढ्नुपर्ने भन्दै विपिको मेलमिलाप नीति र समाजवादलाई विर्सन नहुँने बताए ।

विपीले दशकौं अगाडि लिएको नीति र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाछन् र सदैव अनुकराण्ीय रहेको उनको भनाई छ । जिल्ला कार्यसमितिको निर्देशनमा जिल्लाभर आज विपी स्मृति विभिन्न कार्यक्रम गरी मनाइएको जानकारी समेत दिए ।

कार्यक्रममा पुर्व प्रदेश सांसद भागवतप्रकाश मल्ल, युवा नेत अजित क्षेत्रि, प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, महासमिति सदस्य तारा मल्ल, तरुण दल केन्द्रिय सदस्य जगदिश खांण, क्षेत्रिय सभापति तुल्सी रेग्मीलगायतले विपी विचारलाई गाउँ गाउँमा पु¥याउनु पर्ने बताए । कार्यक्रम जिल्ला कार्यबहाक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत वडा नंं ४ का सभापति इश्वरीप्रसाद पोख्रेल र संचालन जिल्ला सहसचिव धु्रवबन्धु पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया