गण्डकी प्रदेशमा स्याङ्जा एमालेबाट १९ जना निर्वाचित

स्याङ्जा ।
नेकपा एमाले गण्डकी प्रदेशको अधिवेसनमा स्याङ्जाका उपाध्यक्ष सहित १९ सदस्य निर्वाचित भएका छन् । प्रदेश अधिवेसनको निर्वाचनबाट स्याङ्जाका मिनप्रसाद गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् भने अन्य १८ जना सदस्य प्रदेश कमिटी र एक जना लेखा समिति सदस्यमा निर्वाचित भएका हुन् । नवराज शर्मा र मायानाथ अधिकारीको प्यानल बीच चुनावी प्रतिष्पर्धा भएको थियो । चुनावी प्रतिष्पर्धाबाट नवराज शर्माको प्यानल नै विजयी भएकोको छ ।
स्याङ्जाबाट उपाध्यक्षमा शर्मा प्यानलबाट मिनप्रसाद गुरुङ सहित १८ जना सदस्य निर्वाचित भएको बताइएको छ । स्याङ्जाबाट सदस्यहरुमा खिम थापा, रामबहादुर थापा, बुद्धिमान श्रेष्ठ, उदय श्रेष्ठ, हुमबहादुर गुरुङ, मोति पौडेल, देवी थापा, देविसरा थापामगर, सरस्वती भट्टराई, अमृता सिग्देल अर्याल, इ. ओम शर्मा, नासिर खां, धनमाया विश्वकर्मा, कुलबहादुर विक, निर्मला थापा, खगिसरा थापा, देवेन्द्र गुरुङ र खिमा पाण्डे निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति सदस्यमा स्याङ्जाबाटै मन्जु केसी निर्विरोध निर्वाचित भएकी छन् ।
गुटगत निर्वाचन सम्पन्न भएपछि स्याङ्जाको राजनीतिक कसरी अगाडी बढ्ने छ त्यो भने हेर्न बाँकी रहेको छ । बाहिर गुट नदेखाउने एमाले स्याङ्जा भित्रिरुपमा भने निकै गुटगतकै रुपमा संचालन भइरहेको कार्यकर्ताहरु बाट नै आरोप लाग्दै आउको थियो । गण्डकी प्रदेशको निर्वाचनले नै गुटगत निर्वाचन सम्पन्न भएपछि स्याङ्जामा हुने निर्वाचन पनि गुटगतमै जान्छ कि जादैन भन्ने बिषय अन्योल रहेको छ ।
प्रतिक्रिया