सहकारीलाई उत्पादनमा जोड्न आवश्यक छ — सांसद थापा

रमेश गोदार,
स्याङ्जा ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका ५ वटै सेवा केन्द्रका साधारण सभा सम्पन्न भएका हुन् । बाड्खोला र स्याङ्जा सेवा केन्द्रको साधारण सभाको बाड्खोलामा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले समाजिक क्षेत्रमा प¥याएको योगदानको चर्चा गर्दै अब महिला नेतृत्व आवश्यकता भएको बताए । सहकारीका माध्यमबाट समाज, जिल्ला र देश विकासका निम्ति एकाकार भई उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा सांसद थापाले जोड दिए । सांसद थापाले कृषि प्रधान मूलकमा कृषि उपजहरु पनि ठूलो परिमाणमा आयत भएकोमा दुख व्यक्त गर्दै सहकारीहरुसँग मिलेर तीनै तहका सरकारले खाली जग्गामा उत्पादनमुखी कार्यक्रम संचालन गरि आत्मनिर्भर तर्फ अग्रसर बनाउँन अनुरोध गरे ।

कार्यक्रममा संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठ, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, शिवशक्ति सहकारीका अध्यक्ष महेन्द्र रेग्मी, शिशु निकेतन आवासिय माविका प्रिन्सिपल मनोज मल्ल, गैर सरकारी संस्था महासंघका अध्यक्ष गोविन्द शर्मा लगायतले सहकारीले आर्थिक चलायमानमा महत्वपुर्ण भुमिका खेलेको चर्चा गरे ।
सभाले संस्थाका अध्यक्ष हुमबहादुर कुमालले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राममाया अधिकारी गोदारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आगामी योजना, लेखा सुवरिवेक्षण समितिका संयोजक शालिकराम शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन साधरणसभाले पारित गरेको छ । सभाले सहकारीको केन्द्रिय समितिमा रिक्त सचिव पदमा मिरा मल्ल, सदस्यहरुमा अशोक शर्मा र इश्वरी ढकाललाई सदस्य एंव लेखा सुपरिवेक्षण समितिको सदस्यमा बाबुराम ढकाललाई निर्वाचित गरेको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिर्घनारायण शर्माले स्वागत एवं सहकारीका मिरा मल्लले कार्यक्रम संचालन गरेकी थिइन् । साथै सहकारीको जुग्ले सेवा केन्द्रको साधारण सभाको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सहकारीले स–सना पुँजीलाई जम्मा गरि सदस्यहरुलाई बचतको महत्व सिकाएको बताए । सहकारी राज्यको ३ खम्बे अर्थनीति भित्र भएको भन्दै सहकारीले ग्रामिण क्षेत्रलाई समेटी सदस्यहरुलाई बचत तथा ऋणको सेवा प्रवाह गरेकोमा धन्यवाद दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता थापा, केन्द्रिय संचालक सदस्य ओम प्रकाश सापकोटा, वडा नं २ का अध्यक्ष कमल प्रसाद पौडेल, वडा नं ५ का अध्यक्ष कृष्ण प्रसाद पनेरु, सल्लाहकार श्यामादेबी शर्मा, हराभरा कृषी सहकारीका अध्यक्ष विष्णु प्रसाद पौडेल लगायते शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जुग्ले सेवाकेन्द्रका संयोजक नन्दलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अस्मिता सापकोटाले स्वागत एवं सचिव जिवन लामिछानेले संचालन गरेका थिए । साथै सहकारीको विरुवा सेवा केन्द्रको विरुवामा र साँखर सेवा केन्द्रको साखरमा साधारण सभा सम्पन्न भएको सहकारीले जानकारी दिएको छ । सबै सभाहरुमा संस्थाका नियमित मासिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत, असल सेवाग्राही एंवम सदस्यहरुका एकाघर परिवारका सदस्यहरुवाट एसईई देखि स्नातकोत्तर सम्म सर्वोत्कृष्ठ अंक ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया