सहकारी केन्द्र नेपालको जिल्ला भेला सम्पन्न

स्याङ्जा ।
नेकपा माओवादी केन्द्र निकट सहकारी केन्द्र नेपालको प्रथम स्याङ्जा जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला सहकारी संघ स्याङ्जाका सचिव तथा सहकारी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य मिनप्रसाद कोइराला “प्रतिक” को अध्यक्षतामा सम्पन्न उक्त भेलाले नारायणसिंह थापाको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कार्यक्रमको संचालन सदस्य चित्र रानाले गरेका थिए । सहकारी विभागका केन्द्रीय सदस्य तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा ढकाल पराजुलीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त भेलालाई जिल्ला बचत संघका सदस्य नारायण सिंह थापाले स्वागत गरेका थिए ।
प्रतिक्रिया