नागरिकको घरमै पुगेर नागरिकता
स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एकजना नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । पुतलीबजार १२ का खिलप्रसाद गुरुङ र डम्बर कुमारी गुरुङ्का छोरा प्रितम गुरुङ्लाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो । दुईबर्ष अगाडी रुखबाट लडेर घाइते भएका गुरुङ् हिडडुल गर्न नसक्ने अवस्थामा थिए । स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको समन्वयमा गएको टोलीले गुरुङ्लाई नागरिकता दिलाएको प्रशासनले जनाएको छ ।
रुखबाट लडेर घाइते भएका गुरुङ्को ढाडदेखी तलको भाग चल्नै नसक्ने अवस्था रहेछ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘नागरिकता नहुँदा सरकारी सेवाबाट बन्चित हुन नपरोस भनेर घरमै पुगेर नागरिकता प्रदान गरेका हौं ।’ आर्थिक अवस्था कमजोर, आउनजान कठिनाई भएको खबर प्राप्त गरेपछि गुरुङ्लाई घरमै गएर नागरिकता दिलाएको हो उनले भने ।
मेरुदण्ड भाँचिएर हलचल गर्न नसक्ने नागरिक नागरिकता पाउनबाट बन्चित हुनुहुदैन भन्ने प्रशासनको उदेशय रहेको सहायक प्रजिअ पौडेलले बताए । प्रशासनसम्म आउन नसक्ने नागरिकलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको पौडेलले बताए । नागरिकता प्रदान गर्न प्रशासकीय अधिकृत शोभाखर पोख्रेल, नायव सुब्बा जगुलाल पाण्डे, स्थानीय वडाका जनपप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
यसभन्दा अगाडी मेरुदण्ड भाँचिएर अस्पतालमा उपचाररत बिरुवा –५ का विमल शर्मालाई अस्पतालको बेडमै गएर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता प्रदान गरेको थियो । प्रशासनले घरमै आएर नागरिकता दिएकोमा गुरुङ् नकिै खुशी र प्रशासनलाई धन्यवाद दिए । नागरिकता प्राप्त गरेपछि स्वास्थ्य विमा, विपन्न स्वास्थ्य सुविधा पाउन सहज हुने वडा अध्यक्षले बताए ।


प्रतिक्रिया