पुर्व राजा मङलबार स्याङ्जाको आलमदेवी आउने
स्याङ्जा ।
पुर्व राजा ज्ञानेन्द्र शाह मङलबार स्याङ्जाको आलमदेवी मन्दिर आउने तयारी भएको छ । मङलबार साढे ९ बजे मन्दिर पुगी ११ बजेसम्म पुजापाठ गर्ने र खानपिन समेत मन्दिरमा गर्ने तयारी रहेको बुझिएको छ । शाहका निजी चिकित्सक सहितको टोलीले पुर्व राजा शाहले खाने खानाको गुणस्तर र मापदण्ड परिक्षण पछि मन्दिरमै खाना खाने र पोखरा फर्कने कार्यक्रम रहेको राप्रपा नेपालका केन्द्रीय सदस्य ज्ञान प्रसाद न्यौपानेले जानकारी दिए । केही दिन यता पोखरामा रहेका पुर्व राजा पोखराका विभिन्न फरकफरक होटलमा बस्दै आईरहेका छन् । पोखरामा रहेका शाह मङलबार पौने ७ बजे पोखराबाट हिड्ने र आलमदेवी पुगी पुजापाठ गर्ने कार्यक्रम तय भएको हो ।
पुर्वराजाको पुजा पाठ र अन्य तयारीका लागि शाहका निजी सचिव सागर तिम्सिना ५ दिन यता स्याङ्जामा छन् । पुर्व राजालाई स्वागत तथा अभिनन्दनका लागि राप्रपा निकट नेता कार्यकर्ताहरुले तयारी गरिएको बुझिएको छ ।


प्रतिक्रिया