पुर्व राजा ज्ञानेन्द्र शाहा स्याङ्जामा

वालिङ ।
पुर्व राजा ज्ञानेन्द्र शाहा कुलदेवताको पुजाका लागि स्याङ्जा आएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित शाहा वंशको कुलमन्दिर आलमदेवीमा पुजा गर्न पुर्व राजा शाहा स्याङ्जा आएका हुन् । मंगलवार विहान कुलमन्दिर आलमदेवीमा पुजा गर्नका लागि पुर्व राजा स्याङ्जाको वालिङ एक होटलमा बसेका छन् ।

पुर्व राजाको स्वागतमा वालिङमा राजावादीहरुको भिड लागेको थियो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक पुर्व राजा शाहा कुलपुजाका लागि आलमदेवी मनिदर आएको सचिवालयले जनाएको छ । प्रजातन्त्र दिवसको दिन अब देशका लागि साथ दिन सबै नेपालीलाई आग्रह गरेको सन्देश सहितको शुभकामना दिएका पुर्व राजा शाहाले कुलपुजामा आउनुलाई विशेष रुपले हेरिएको छ । पुर्व राजा सगँ छोरी पनि सगै आएकी छन् ।

प्रतिक्रिया