सस्तोमा “वाईफाई नेपाल” को इन्टरनेट सेवा
वालिङ ।
नेपालकै उदयमान, सेवा प्रदायक “वाईफाई नेपाल” ले स्याङ्जाका सबैजसो पालिकामा आफ्नो सेवा विस्तार गर्ने भएको छ । काठमाडौं उपत्यका, पोखरा उपत्यका, इटहरी, धरान, विराटनगर, सुर्खेत लगायत देशका विभिन्न स्थानहरूमा सफलतापूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरूमा विस्तार गर्दै आएको जनाएको छ । घरायसी तथा व्यापारिक ग्राहकहरुको इन्टरनेट सम्बन्धी आवश्यकताहरू र त्यसले हुने थुप्रै फाइदाहरूलाई ध्यानमा राख्दै वाईफाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरू बजारमा ल्याएको हो ।
छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने दृढताका साथ, नेपालीहरुलाई एक आपसमा जोड्नका लागि मद्दत गर्न वाईफाई नेपाल प्रतिबद्ध रहेको जनाएको छ । अब स्याङ्जाका ग्राहकहरूले सुपथ मूल्यमा वाईफाई नेपालको छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । वाईफाई नेपालबाट किस्तामा इन्टरनेट, झनै सस्तो रेट अन्तर्गत ग्राहकहरूले कुनै पनि प्याकेज न्यून शुल्कमा लिन सकिने जनाएको छ । अहिले कम्पनीको २४ महिने अफर चलिरहेको छ । २ बर्षका लागि रु ८ हजार ४ सय ७५ मा ५० एमबिपिएस स्पीडको इन्टरनेट तथा रु ११ हजार ८ सय ६५ भुक्तानि गरि ८० एमबिपिएस स्पीडको इन्टरनेटको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।
सो उल्लेखित शुल्कमा १२ महिनाको लागि ५० एमबिपिएस इन्टरनेटको रु ६ हजार २ सय १५ र ८० एमबिपिएसका लागि ८ हजार ४ सय ७५ भुक्तानी गरि सेवा लिन सकिनेछ । साथै १२ महिनाको लागि भुक्तानी गर्दा १ महिना थप हुनेछ । यसका साथै “वाईफाई नेपाल” को ५० एमबिपिएस तथा ८० एमबिपिएसको इन्टरनेट ३ महिना तथा प्रत्येक महिनामा समेत उपलब्ध रहेका छन् । यसका प्याकेजहरुको बारेमा थप जानकारीका लागि “वाईफाई नेपाल” को वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ । प्रभावकारी सेवा सञ्चालनका लागि स्याङ्जाको वालिङ लगायत विभिन्न स्थानमा कार्यालय स्थापना गरिएको जानकारी दिइएको छ ।
विश्वमा अहिले छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व धेरै नै छ । यहि अनुसार स्याङ्जाका गाउँहरूमा कम्पनीले छिट्टै नै आफ्नो सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । कम्पनीले आउँदा दिनहरुमा थप सहर तथा गाउँहरूमा सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ । वाईफाई नेपाल प्रालिले व्यवसायहरू र व्यक्तिगत प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती इन्टरनेट जडान तथा सञ्चार सुविधा प्रदान गर्दै आएको वालिङका शाखा प्रमुख श्रीराम लम्सालले बताए । विसं २०७८ मा स्थापना भएदेखि, वाईफाई नेपाल प्रालि भरपर्दो र किफायती इन्टरनेट सेवाहरू प्रदान गर्ने क्षेत्रमा अगाडि रहेको लम्सालको दावी छ । हाल यसको ग्राहकहरू ६५ हजार छन् भने यसको शाखाहरू करिब ५० वटा रहेका छन् । अहिले यसको जिल्लाको मुख्य शाखा चाहि वालिङमा छ भने यसको प्रधान कार्यलय लगनखेल ललितपुरमा रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया