स्याङ्जाको पंचमुलमा लालीगुराँस जोगाउन बृक्षारोपण
स्याङ्जा ।
विश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय फूल लालिगुराँसको संरक्षण गर्दै बृक्षारोपण गरिएको छ । स्याङ्जाको डिभिजन वन कार्यालयले डडेलो र संरक्षणको अभावमा लालिगुराँस फूलका बोटहरु लोप हुने अवस्था आउन थालेपछि ५२ औं विश्व वातावरण दिवसको अवसर पारेर बिरुवाहरु बृक्षारोपण गरेको हो । यो फूल जहाँपायो त्यहाँ नपाइने र धेरै उचाईमा हुने हुँदा यसको संरक्षण गर्ने अभियानमा डिभिजन बन कार्यालय स्याङ्जा लागेको डिभिजन प्रमुख नवराज बरालले जानकारी दिए । भावी पुस्ताका लागि पनि यो फूल संरक्षण गर्ने जिम्मेवारी हामी सगँ रहेको छ डिभिजन प्रमुख बरालले भने,‘नेपालको राष्ट्रिय फूल पनि भएकाले स्याङ्जामा लालिगुराँस पार्क नै निर्माण गरेका छौं ।’ जिल्लाको आँधीखोला गाउँपालिका १ पञ्चमुलमा लालिगुराँस हरित पार्क नै बनाएका छौं उनले भने ।
जिल्लाका विभिन्न भागमा गरेर ३ सय जति लालिगुराँसका बिरुवा बृक्षारोपण गरिएको बरालको भनाई छ । लालिगुराँस हरित पार्कमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको विशेष उपस्थितीमा लालिगुराँस सहित विभिन्न फुलहरु बृक्षारोपण गरिएको बराले बताए । विश्व वातावरण दिवसलाई सफल बनाउन डिभिजन बन कार्यालय स्याङ्जाले प्रजिअ सहित जिल्ला प्रहरी कार्यालयका प्रमुख दधीराम न्यौपाने, राष्ट्रिय अनुसन्धानका प्रमुख सुशान्त बराल लगायत सुरक्षा समितिका प्रमुखहरु, उपभोक्ता मन्चमा अध्यक्ष राजेन्द्र मरासिनी, वडा अध्यक्ष पवनकाजी अधिकारी सहित स्थानीय उपभोक्ता समुह, कर्मचारीहरुको सहभागितामा बृक्षारोपण गरेको छ । सोही अवसरमा आँधीखोला र फेदिखोला सव डिभिजन कार्यालय परिषरमा समेत बृक्षारोपण गरिएको कार्यालय प्रमुख बरालले बताए ।
लालीगुराँस पार्कमा बिरेन्द्र, कल्की, पारिजात लगायतका फुलका बिरुवाहरु बृक्षारोपण गरिएको छ । पछिल्लो समय वातावरण प्रतिकुल भएको अवस्थामा यस्ता बृक्षारोपणले हाम्रो वातावरणलाई राम्रो बनाउने विश्वास प्रजिअ अर्यालले गरे । वातावरण जोगाइराख्न सबै सरोकारवाला निकायहरु सक्रिय हुनुपर्ने बेला आएको भन्दै प्रजिअ अर्यालले वातावरण प्रदुषण बढ्ने खालका सामाग्रीहरु प्रयोग नगर्न समेत सुझाए ।
यसैविच भीरकोट नगरपालिका स्थित बालोदय आवसीय माविले प्लेकार्ड सहित सचेतनामुलक ¥याली निकालेर विश्व वातावरण दिवस मनाएको छ । वातावरण संरक्षणमा सबैले ध्यान दिऔं, बृक्षारोपण गरौ, प्लाष्टिकको झोला प्रयोग नगरौ, जथाभावी फोहोर नफ्याकौ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर विद्यार्थीहरुले ¥याली मार्फत विश्व वातावरण दिवसमा सन्देश दिएको प्रिन्सिपल अमृत अर्यालले जानकारी दिए । जिल्लाका स्थानीयतहहरु विश्व वातावरण दिवसमा बेखबर भएका बेला नीजि विद्यालय स्तरबाट आयोजना गरिएको सन्देशमुलक ¥यालीले महत्वपुर्ण भुमिका खेलेको प्रिन्सिपल अर्यालले बताए । डिभिजन वन कार्यालय स्याङ्जाले बाहेक जिल्लामा कुनै पनि पालिकाहरुले विश्व वातावरण दिवस मनाएनन् ।


प्रतिक्रिया