रोटर्याक्टर वालिङ क्लवको अध्यक्षमा काफ्ले
वालिङ ।
सामाजिक उत्तरदायित्व र युवाहरूको सेवा भावनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित Rotaract Club of Waling को पाँचौं पदस्थापना समारोह शुक्रबार सम्पन्न भएको छ । रोटर्याक्टर वालिङ क्लवको नयाँ कार्यसमितिको औपचारिक रूपमा घोषणा गरिएको हो । रोटर्याक्टर वालिङ क्लवको अध्यक्षमा आयुस्मा काफ्ले चयन भएकी थिइन् ।
Rotaract वर्ष २०२४÷२५ की अध्यक्ष रोटर्याक्टर बिना रेग्मी र २०२५÷२६ की अध्यक्ष रोटर्याक्टर आयुष्मा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Rotaract District ३२९२ का DRR रोटर्याक्टर दिनेश गैर्हेको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रममा Zone १६ का ZRR श्रीनाथ वाग्ले, Rotary Club of Waling का अध्यक्ष चुरामणी सुवेदी, विभिन्न क्लबका प्रतिनिधि, पूर्व अध्यक्षहरू, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नव–निर्वाचित अध्यक्षमा काफ्ले, सचिवमा सफल लुइँटेल र कोषाध्यक्षमा तुल्सीराम डुम्रे चयन भएका छन् । यस कार्यकालमा क्लबमा ११ सदस्यीय बोर्ड अफ डाइरेक्टर्स, ८ जना नयाँ सदस्य र ६ जना सक्रिय सदस्यसहित कुल २५ जना सदस्य सक्रिय रूपमा रहने छन् ।
कार्यक्रममा Outgoing President बिना रेग्मीले आफ्नो कार्यकालभरका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै क्लबमा विशेष योगदान पुर्याउने ८ जना सदस्यलाई मायाको चिनो वितरण गरेर बिदाई भएकी छन् । नयाँ अध्यक्ष काफ्लेले पदभार ग्रहण गरेपछि स्वीकृति मन्तव्य प्रस्तुत गर्दै सेवा, नेतृत्व र एकताको भावनामा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गेकी छन् । अध्यक्ष काफ्लेले ‘Unity for GoodÚ लाई केवल नारा नभई आफ्नो सोच, दर्शन र संकल्पको रूपमा व्याख्या गर्दै Leadership Training, Mental Wellness, Financial Literacy, Purpose–driven Volunteering आधारित सामुदायिक अभियानहरू संचालन गर्ने योजना प्रस्तुत गरीन् । “आज म यहाँ उभिँदा मेरो घाँटीमा माला होला, तर हृदयमा जिम्मेवारीको गह्रौं तौल छ,” भन्ने उनका शब्दहरूले कार्यक्रममा भावनात्मक वातावरण सिर्जना गरेको थियो ।
प्रमुख अतिथि DRR दिनेश गैर्हेले क्लबको स्थापनाकालीन अध्यक्ष किशोर पाठकलाई स्मरण गर्दै क्लबले स्याङ्जा जिल्लामा स्थापना भएको पहिलो Rotaract Club को रूपमा प्रेरणादायी भूमिका निर्वाह गर्दै आएको बताउँदै आगामी दिनमा District स्तरबाट आवश्यक सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य पूर्व अध्यक्ष सीता पाण्डे डुम्रे, युवराज पाठक, र ZRR श्रीनाथ वाग्लेले दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव सफल लुइँटेलले गरेका थिए भने कोषाध्यक्ष तुल्सीराम डुम्रेले शुभकामना मन्तव्य राखेका थिए । सर्जेन्ट एट आम्र्स कविता पाठकले भुमिका निर्वाह गरि सम्पूर्ण कार्यक्रम विवरण प्रस्तुत गरेकी थिइन् भने समापन अध्यक्ष काफ्लेले गरेकी थिइन् ।
Rotary Club of Waling एक अराजनीतिक, स्वयंसेवी युवा संस्था हो, जसको मूल मन्त्र Service Above Sel अर्थात् ‘आत्मभन्दा माथि सेवा’ रहेको छ । नयाँ कार्यसमितिको गठनसँगै क्लबले स्थानीय युवाहरूलाई सामाजिक परिवर्तनको लागि प्रेरित गर्दै नेतृत्व, क्षमता विकास र सेवा भावनामा आधारित अभियानहरूलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया