डा.भट्टराईको पार्टीले बुझायो ज्ञापनपत्र :-‘संविधान संशोधन सहित २५ बुँदे माग’

 

स्याङ्जा ।
डां बावुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) स्याङ्जाले संविधान संशोधन सहित २५ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई २५ बुँदे संविधान संशोधन सहित देशलाई अग्रगमनतर्फ लैजान ज्ञापनपत्र बुझाएको हो । समाजवादीका जिल्ला संयोजक भरत पाठक र जिल्ला इन्चार्ज टिकाराम रेग्मीद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा नेपालका राजनीतिकदलहरु हिजोकै सोच, स्कुलिङ र पुर्वाग्रहबाट चलेको आरोप लगाइएको छ ।

बदलिएको नयाँ युगलाई पुरानो राजनीतिक चेतनाले नेतृत्व दिन नसकेको ज्ञापनपत्रमा उल्लेख गर्दै राजनीतिक विचारलाई समय सापेक्ष बनाउदै लैजानुपर्ने सुझाव दिइएको छ । पुराना पार्टीले देशको विकास गर्न र सुशासन कायम गर्न असफल भइसकेको अवस्थामा संविधान संशोधन गरेर देशलाई निकास दिन ज्ञापनपत्रमा माग गरिएको छ ।

स्याङ्जाका प्रजिअ मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाउन बुझाइएको ज्ञापनपत्रमा देशको दिगो विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, विज्ञता र दक्षताको आधारमा मन्त्रीमण्डल बन्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी सबैका लागि समृद्धि, समानुपातिक र समावेसी विकास, उच्च पदस्थ पदमा रहेका व्यक्तिहरुको सम्पति छानविन र शक्तिशाली जनलोकपाल गठन, जनमैत्री प्रविधियुक्त कर्मचारी प्रशासन, सिद्धार्थ राजमार्गको स्तरोन्नती, पोखरा बिमानस्थललाई नियमित संचालनको व्यवस्था, आँधीखोलालाई बिजुली सिंचाई पर्यटनको विकासका लागि बहुउदेश्यीय योजना बनाउनु पर्ने लगायत २५ बुँदे माग उल्लेख गरिएको छ ।

लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रको नाममा नेतातन्त्रको मुलुकमा हावी हुदै गयो ज्ञापनपत्रमा उल्लेख गरिएको छ,‘नेतातन्त्रको नाममा शिर्षनेताको सिन्डिकेट हाबी हुँदा मुलुकले दुख पायो ।’ नेतृत्वकै संरक्षणमा भष्ट्रचारको विगविगी भइरहदा सुशासनको कमजोर भएको महशुष गरिएको छ ज्ञापनपत्रमा भनिएको छ । युवाहरु रोजगारीको लागि विदेशिन बाध्य तुल्याउनुले यस्तो अवस्थामा देशलाई नेतृत्व दिन सक्ने दुरगामी सोच, उन्नत संस्कार, प्रभावकारी कार्यशैली भएको बैकल्पीक नयाँ शक्तिको आवश्यक भएको महशुष नयाँ शक्तिले गरेको उल्लेख गरिएको छ ।

ठुला र पुराना दलहरुकै कारण मुलुकले निकास नपाएको भन्दै विभिन्न माग राखेर प्रजिअ मार्फत ज्ञापनपत्र बुझाएको समाजवादीका जिल्ला इन्चार्ज रेग्मीले बताए । यस्तै सोच र नेतृत्वको सिण्डिकेट रहिरहने हो भने मुलुकले अझै ठुलो संकट सामाना गर्नुपर्ने रेग्मीको भनाई थियो ।

प्रतिक्रिया