स्याङ्जामा परिचयपत्र बनाउनेको भीड

स्याङ्जा ।
सकरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि स्याङ्जाका दुई प्रशासनिक कार्यालयमा भिड लागेको छ । राष्ट्रिय परिचयपत्र बनाउने भिड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बढ्दै गएको सेवाग्राहीको भीड व्यवस्थापन गर्न सेवा समय विस्तार गरेको छ । सार्वजनिक बिदाका दिन बाहेक बुधबार देखि बिहान ८ बजेदेखि सेवा प्रवाह गरिएको छ ।सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्त भित्र आवश्यक कागजात नविकरण गराइसक्नु पर्ने कानुनी व्यवस्था छ । चालु् वर्षदेखि राष्ट्रिय परिचयपत्र नम्बरको अनिवार्य व्यवस्थालागु भएपछि प्रशासनमा सेवाग्राहीको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ ।

बालबालिका, अशक्त, र ९० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि तत्काल राष्ट्रिय परिचयपत्र नम्बर बिनापनि नवीकरण हुने व्यवस्था गरेको प्रशासनले परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार सेवाग्राही परिचयपत्र बनाउन आउन थालेपछि चाप थपिएको जनाएको छ । समय विस्तारले सेवाग्राहीलाई सहज र शीघ्र सेवा लिन मद्दत पुग्ने विश्वास गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए । केही दिनयता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भिडले प्रशासन कार्यालय दिनहुँजसो भरिभराउ भएको छ ।

परिचयपत्र नविकरणका लागि दैनिक तीन सयभन्दा बढी सेवाग्राही आउने गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर ममिता भुसालले बताईन् । अधिकांश सेवाग्राही ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेको उनले बताईन् । बढीमा दैनिक एक सय जनासम्मको विवरण दर्ता हुने गरेको उनले जानकारी दिईन् । सेवाग्राहीले दुईदेखि तीन दिनसम्म बसेर राष्ट्रिय परिचयपत्रका लागि नामदर्ता गर्दै आएका छन् ।

यता इलाका प्रशासन कार्यालयमा पनि राष्ट्रिय परिचयपत्र बनाउन आउनेको निकै भिड लागेको कम्प्युटर अपरेटर नरेश पौडेलले बताए । सेवाग्राहिको भिड बढ्न थालेपछि बिहान ८ बजेदेखी बेलुका ८ बजेसम्म सेवादिएको पौडेलले बताए । प्रशासनमा भिड लाग्न नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राष्ट्रिय परिचयपत्र खिचाउन पालिकामै व्यवस्था गरेको छ । तथापी दुवै प्रशासनिक कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । अब केहीदिन मात्रै यस्तै भिड होला त्यसपछि विस्तारै सेवाग्राहीको भिड कमहुदै जाने विश्वास पौडेलले गरे ।

सामाजिक सुरक्षाभत्ता, बैंक खाता, राहदानी लगायतका कामका लागि सदरमुकाम आएका सेवाग्राहीले परिचयपत्रका लागि दुई–तीन दिनसम्म पर्खिनुपरेको गुनासो गरेका छन् । परिचयपत्रका लागि गाउँदेखि सदरमुकाम सम्म आउनुपर्ने र आवतजावतमा खर्चिलो हुने भएकाले स्थानीयतहमै सेवाउ पलब्ध गराउन उनीहरुले माग गरेका छन् ।

 

प्रतिक्रिया