रुपान्तरण खोज्नेहरु नै प्रतिस्पर्धीभएपछि अलग्गीन वाध्य भएँ म — वरिष्ठ नेता पौडेल

स्याङ्जा ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरु नै आ—आफैं चुनावी प्रतिस्पर्धामा उत्रेपछि आफु अलग्गीएर बस्न बाध्य भएको बताएका छन् । नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचनमा जित हार जे भए पनि अवदेखि आपसी सदभाव कायम राख्दै अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए । महाधिवेशन सकिए पनि ठूल्ठूला चुनौतीका पहाडहरु हाम्रा सामु खडा छन नेता पौडेलले भने,‘नेपाली कांग्रेस कठिन चुनौतीको घडीमा छ, लोकतन्त्रको लडाई अझैं जारी छ ।’ सोही कार्यक्रममा नेपाली नागरिकलाई आशावादी बनाउने सन्देश र, अन्र्तघातबाट कसरी मुक्त पाइन्छ भन्ने बारे उत्तर खोज्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठका बुवाको निधनको समवेदना दिन बिहीवार भीरकोट आएका बेला आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले धेरै अघिदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउनेदेखि सुरु भएका अन्र्तघातका कारण अब खोजी हुन जरुरी रहेको उनले बताए । अहिले जवाफ दिने ठाउँमा नरहेको र समग्र नेता तथा कार्यकर्ताले यसको जवाफ खोज्नु पर्ने समय आएको पौडेलको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, सचिव दामोदर लम्साल लगायतले जिल्लामा कांग्रेसको सुदृढीकरणका लागि बिशेष अभियानका साथ अघि बढ्न जोड दिए । पौडेल संगै कास्की तथा गण्डकी प्रदेशका कांग्रेस नेताहरु पनि सहभागी थिए ।
प्रतिक्रिया