वालिङमा चक्कु प्रहारबाट १६ महिनाको बालकको मृत्यु
स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकामा चुक्क प्रहारबाट १६ महिनाको बालकको मृत्यु भएको छ भने ५ वर्षीय बालिका घाईते भएकी छिन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ सिर्सीकोट घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
प्रवक्ता अधिकारीका अनुसार घाटीमा चक्कु प्रहार पश्चात तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा बालकलाई डाक्टरले मृत घोषणा गरेको हो । त्यसै गरी सोही ठाउँ बस्ने मृतकको दिदी ५ वर्षीय साईना गुरुङको घाटी अगाडि र बायाँ हातको बुढी औलामा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछी निको भएको प्रहरीले बताएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न पर्वत, पैयु गाउँपालिका ५ घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने जितेन्द्र गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया