स्याङ्जा प्रहरीबाट १६ जना पक्राउ

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न रहेका १६ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका १६ जना मध्ये ३ जना वडा प्रहरी कार्यालय र १३ जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ज्यान मार्ने देखि चोरी डकैती र लागुऔषध ओसारपसारमा संलग्न रहेका छन् । प्रहरीले अहिले सम्म विभिन्न घट्नामा संलग्न १० जनाको नाम सार्वजनिक गरेको छ भने ६ जनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले ज्यान कसुरमा ७, लागुऔषधमा १, आत्महत्या दुरुत्सान कसुरमा १ र सवारी दुर्घट्ना कसुरमा १ जना पक्राउ गरी सार्वजनिक गरेको छ ।
ज्यानसम्बन्धी कसूरमा छ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले बताए । स्याङ्जाको आँधीखोला गाउँपालिका १ कालीखर्क जंगलमा भरुवा बन्दुक लिएर बन कुखुरा मार्न गएका सात जनामध्ये एकजनाको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएपछि छ जना पक्राउ परेका हुन् ।
आँधीखोला गाउँपालिका १ का २७ वर्षीय मनोज विकको भरुवा बन्दुकको छर्रा लागेर घटनास्थलमै मृत्युभएपछि फरार भएका थिए । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा आँधीखोला गाउँपालिका १ का २७ वर्षीय सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँका १८ वर्षीय सुनिल बिक, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धनबहादुर बिकलाई तत्कालै पक्राउ गरिएको थियो । त्यस्तै सोही ठाउँका २४ वर्षीय गोबिन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामीलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरी ज्यानसम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दा दर्ता गरिएको बताए ।
त्यस्तै आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक पुरुषलाई पक्राउ गरी अनुसन्धान थालेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ लामागे बस्ने ४५ वर्षीया धनकुमारी गिरीलाई आफ्नै श्रीमान् टेकनाथ गिरीले शारीरिक तथा मानसिकरुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने जाहेरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । धनकुमारी गिरी पुस १७ गते ४ बजे आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिईन् । लागुऔषध ओसारपसार गरेको अभियोगमा प्रहरीले फेदिखोलामा एकजनाई पक्राउ गरेको छ । फेदिखोला गाँउपालिका ४ आरुखर्कका ४३ बर्षिय लक्ष्मी गुरुङ पहारीलाई सर्केटारीबाट गाँजा सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले शंकास्पद अवस्थामा उनलाई चेकजाच गर्दा २ केजी ९ सय ग्राम गाँजा फेला पारेको थियो । गुरुङ्लाई लागुऔषध(गाँजा) सम्वन्धी कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६ महिनो बालकको चक्कु प्रहार गरी मारेको र ५ वर्षीय बालिकालाई घाईते बनाएको अभियोगमा वालिङमा एक जनालाई प्रहरी नियन्त्रणमा लिएर ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गरेको छ । पर्वतको पैंयू गाउँपालिका ५ घर भई हाल वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले सोही घरमा डेरा गरी बस्ने १६ महिने बालक र ५ वर्षीय बालिकालाई चक्कु प्रहार गरेका थिए ।
वालिङ १२ सिर्सीकोट घर भई हाल भकुण्डे डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिने छोरालाई घाँटीमा चक्कु प्रहार पश्चात तत्काल उपचारको लागी वालिङ प्राथमिक अस्पतालमा ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक साईमनकी दिदि ५ वर्षीय साईना गुरुङ समेत घाईते भएकी छिन् । साईनाको घाँटी अगाडि, बायाँ हातको बुढी औँलामा समेत चोट लागेको छ । घटनामा संलग्न जितेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी राखेको प्रनाउ अधिकारीले जानकारी दिए । भीरकोट २ सपौदे सिद्धार्थ राजमार्गमा बुटवलबाट आउदै गरेको ना ५ ख ३८१४ नम्वरको बसले सोही दिशाबाट आइरहेको ग १ ख ९३७४ नम्वरको बसलाई ठक्कर दिदा ५ जना घाईते भएका थिए । घाईते मध्ये ३ जनालाई पोखरा थप उपचारका लागि पठाइएको छ भने २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । ना ५ ख ३८१४ नम्वरको बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया