भीरकोटमा कोराना संक्रमणको जोखिम न्यून
बयरघारी ।
स्याङ्जा जिल्लाको मध्य भागमा अवस्थित भीरकोट नगरपालिकामा कोरोना संक्रमणको जोखिम न्यून रहेको पाइएको छ। भीरकोट नगर अस्पतालले वडा नं १ को भलुवाडाँडामा गरेको एन्टिजिन परिक्षणमा कोराना संक्रमण शून्य पाइएको हो। ४० जना महिला र ४८ पुरूष गरि ८८ जनाको एन्टिजिन परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुक्ती बगालेले जानकारी दिए। नगरपालिका भरिमा अहिलेसम्म परीक्षण गरिएका मध्ये ८ जनामा कोरोना संक्रमण पाइएको र सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालले जानकारी दिए।संक्रमितहरूलाई होम आइसोलेनमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले नगर भित्र संक्रमणको जोखिम न्यून रहेको बताए। हाल भीरकोट नगर अस्पताल र खिलुङ्देउराली स्वास्थ्य चौकीमा निशुल्क एन्टिजिन परीक्षणको व्यवस्था मिलाइएको छ। छिमेकी पालिकाहरूमा संक्रमण बढीरहेको बताउँदै अर्यालले स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउँदै आफू, परिवार र समाजलाई सुरक्षित राख्न नगरबासीलाई आग्रह गरेका छन्।
प्रतिक्रिया