थापाको नेतृत्वमा काँग्रेस स्याङ्जाको पहिलो बैंठक

प्रकाश डोटेल,

स्याङ्जा ।

नेपाली काँग्रेस स्याङ्जाको १४ औं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित संविधानसभा सदस्य राजु थापाको नेतृत्वमा जिल्ला समितिको पहिलो बैंठक सम्पन्न भएको छ । काँग्रेस पार्टीमा सम्पन्न बैंठकले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । बैंठकको पहिलो निर्णय निर्वतमान कार्यसमिति र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । दोस्रो निर्णय भने पार्टीका बैंठकहरुलाई नियमित बनाउने निर्णय भएको काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिए ।

सभापति थापाले दिएको जानकारी अनुसार जिल्ला कार्यसमितिको बैंठक प्रत्येक महिनाको ३ गते, क्षेत्रिय कार्यसमितिको ८ गते, प्रदेश कार्यसमितिको १३ गते, पालिकाहरुको १८ गते र वडा कार्यसमितिको बैंठक २३ गते गर्ने निर्णय भएको छ । थापाको नेतृत्वको कार्यसमितिले जिल्लाभर प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । काँग्रेस स्याङ्जाका नेता तथा महाधिबेशन प्रतिनिधि भरतप्रसाद लम्सालले दिएको जानकारी अनुसार पार्टी विधानको परिच्छेद १२ को दफा ६५ अनुसार सभापतिमा प्रतिस्पर्धी प्रदेश सांसद काँग्रेस नेता भागवतप्रकाश मल्ललाई जिल्ला कार्यसमितिको सदस्य बनाईएको छ ।

पार्टीको संगठन सुधिणीकरण गर्दै जिल्लाभर नेपाली काँग्रेस संगठन विस्तार प्राथमिकतामा राख्ने समेत भएको छ । बैंठकले जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला पार्टी कार्यालय मर्मत र थप संरचना समेत बनाउने भएको नेता लम्सालले जानकारी दिए । विगत लामो समयदेखि अव्यवस्थित बन्दै आएको काँग्रेसको लेबि संकलन कार्यलाई व्यवस्थित बनाउन आन्तरिक तयारी थालेको छ । जिल्लास्थित सबै राजनीतिक दलसँग आपसी सहकार्य गर्दै जान भनेको काँग्रेस स्याङ्जाले सरकारी तथा गैरसरकारी संस्थासँग हातेमालो गर्दै जनसेवामा लाग्ने लक्ष्य लिएको छ । बैठकमा ११ पालिकाका सभापति, ४ प्रदेश क्षेत्रका सभापति, २ क्षत्रिय सभापति र जिल्ला कार्य समितिको संयुक्त बैठक सम्पन्न भएको जिल्ला सचिव गुरुप्रसाद भटट्राईले जानकारी दिए । 

वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्लाको निर्वाचनबाट चुनिएका नेतृत्वलाई राखेर संयुक्त बैठकले एकताको सन्देश सहितको बैठक र आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्न निर्देशन सहित सम्पन्न भएको उनले बताए । 

प्रतिक्रिया