कोपिला नेपालद्वारा राहत सामाग्री वितरण

वालिङ ।

कोपिला नेपाल, पोखराले स्याङ्जा जिल्लाको वालिङ र भीरकोट नगरपालिकामा राहत सामाग्री वितरण गरेको छ । जर्मन संस्था र कोपिला नेपालको साझेदारीमा गरिब गर्भवती र सुत्केरी एवं प्राकृतिक प्रकोप पीडित र अपांगहरूलाई खाद्यान्न र दैनिक बन्दोबस्तीका सामाग्री वितरण गरिएको हो। कोपिला नेपाल, पोखराका कार्यक्रम इन्चार्ज गणेश भण्डारीका अनुसार वालिङ नगरपालिकामा २३ जना र भीरकोटमा २२ जना गरि कुल ४५ जनालाई राहत सामाग्री वितरण गरिएको हो ।

कोपिला नेपाल, पोखराका कार्यक्रम इन्चार्ज भण्डारीका अनुसार गरिब गर्भवती तथा सुत्केरीलाई प्रती व्यक्ति एक थान ब्लाङ्केट, ५ थान पेन्टी, ३ प्याकेट दन्त मन्जन, ३ थान ब्रस, ३ प्याकेट प्याड, ५० थान मास्क, काँइयो, टावेल र सल वितरण गरिएको हो । यसैगरी अपांगहरूलाई प्रती व्यक्ति ५० केजी चामल, ८ केजी दाल, ३ केजी चिनी, ३ केजी चना, ३ लिटर तेल, ३ केजी नुन, ३ केजी चिउरा, ५ केजी आँटा वितरण वितरण गरिएको थियो।

प्रतिक्रिया