चापाकोट नगरवासीको घरदैलोमा समस्या बुझ्न नगरप्रमुख गिरी

चापाकोट ।

स्याङ्जाको चापाकोट नगर प्रमुख शिबकुमार गिरी जनताको घरदैलोमा पुगेका छन् । नगरपालिकाबाट हुदै आएको सेवा प्रवाह,नागरिकले पाउनुपर्ने सेवामा कुनै समस्या र नगरपालिकाले गर्नुपर्ने विकासका बिषय लिएर नगर प्रमुख गिरी नागरिकको घरदैलोमा पुगेका हुन् । सिमित साधनश्रोत प्रयोग गरी चापाकोट नगरवासीको जिवनस्तर उकास्न रातदिन खटेका गिरी जनताको समस्या बुझ्नेका जिल्लाका पालिका मध्येका एक प्रमुख मध्येका जनप्रतिनिधिका रुपमा परिचित छन् । 

बिहिवार उनी चापाकोट ५ को गिल्लाङ्ग गन्जरबासीको जन–गुनासो र समस्याको सामाधान गर्न पुगेका थिए । त्यस क्षेत्रका जनताको माग अनुसार जन–जागृती महिला समुहको लागि गत बर्ष बजेट कम भएर योजना सम्पन्न हुन नसकेको भवनका लागि बजेट अभावको गुनासो नगर प्रमुख गिरी सगँ पोखेका थिए । गिरीले अलपत्र रहेको भवन निमार्ण सम्पन्न गर्नको लागि पाँच लाख दिने प्रतिवद्धता गरिदिएपछि स्थानीय खुशी भएको नगर प्रमुखका प्रेस संयोजक विश्व भट्टराईले जानकारी दिए । 

उनका अनुसार गिल्लाङ्ग गन्जर चिठी पोखरी सडकको लागि नगरपालिकाले डोजर साथै तेलको लागि दश लाख, भलिबल खेल मैदानको लागि दुई लाख दिने प्रतिबद्धता साथै तत्काल योजना सम्झौता गरि काम सुचारु गर्न स्थानीयलाई नगर प्रमुखले आग्रह गरेका छन् । हरेक वडामा समस्या बुझ्न नगर प्रमुखले तालिका बनाएर घरदैलो गर्ने अभियानमा लाग्ने नगर प्रमुख गिरीले बताए । जनप्रतिनिधिका भगवान भनेका नागरिक हुन उनले भने,‘जनताको दुखसुख बुझ्ने जिम्मेवारी हाम्रो हो ।’ जनताको दैनिकी सगँ स्थानीय सरकार जोडिनु पर्छ त्यो नै जनप्रतिनिधिको दायीत्व हो उनले भने । 

सुन्दर चापाकोट बनाउने अभियानमा नगरपालिका लागेको बताइएको छ । हरेक योजनामा जनताको खुशी र आय जोडिने गरी अगाडी बढेकोले नगरपालिकाबाट स्थानीय सन्तोषजनक रहेको विश्वास पुरीले बताए ।  

प्रतिक्रिया