नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल

वालिङ ।

नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला साखाको ३७ औँ वार्शिक साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले दिनेश अर्यालको सभापतित्वमा नयाँ कार्यसमिति  निर्वाचित गरेको छ । समितिको उपसभापतिमाद्धोय लक्ष्मी थापा र लक्ष्मण भट्टराई, मन्त्रीमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेश बहादुर थापा गणशे, उपमन्त्रीमा खगेन्द्र अर्याल र उपकोषाध्यक्षमा अर्जुन पौडेल रहेका छन् । 

त्यस्तै सदस्यहरुमा महिला सदस्यमा दुर्गा सारु, विष्णु सुवेदी र श्यामादेवि शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वर बन्धु कोईराला, विष्णुप्रताप खांण, विशेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा रहेको निर्वाचन अधिकारी नेपाल रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए । कोभिडका कारण सृजित अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम थोरै संख्यामा उपस्थित भई नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यक्रम भुवनबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया