राष्ट्र वैंक समक्ष आँधीखोलाका अध्यक्ष केसीले लिए सफथ

भीरकोट ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाको पुन दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका नरेश केसीले पद तथा गोपनियताको सफथ लिएका छन् । नेपाल राष्ट्र वैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख निर्देशक डा. रामशरण खरेल समक्ष एक समारोहका विच वैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा (१) बमोजिम पद तथा गोपनियताको सफथ ग्रहण गरेको सो संस्थाका कम्पनी सचिव वावुराम कुँवरले वताएका छन ।
उक्त सफथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र वैंक गण्डकी प्रदेश कार्यालयका उप–निर्देशक लगाएत आँधिखोला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको समेत उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल राष्ट्र वैंक पोखरा शाखाका कर्मचारी राजेन्द्र लम्सालले गरेका थिए । समारोहमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको संस्थागत प्रगति तथा आगामी योजना सहित संस्थागत शुसासन कायम गर्दे संस्थालाई अगाडी वढाउने कुराको प्रतिवद्धता अध्यक्ष केसीले प्रतिवद्धता ब्यक्त गरेका छन् ।
प्रदेश कार्यालयका प्रमुख निर्देशक डा.रामशरण खरेलले पद तथा गोपनियताको सफथ सहित सफल कार्यकालको सुभकामना दिदै वर्तमान अवस्थामा लघुवित्त क्षेत्रमा रहेका संभावना र चुनौतीको वारेमा प्रकाश पार्दै आँधिखोला लघुवित्त लाई सहि नेतृत्व दिदै आगामी दिनमा उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु सँग मर्जर तथा एक्विजिसन मार्फत सवल र सक्षम संस्था निर्माण गर्ने शक्ति प्राप्त गर्न सफलता मिल्ने शुभकामना ब्यक्त गरे ।
संस्थाको हाल चुक्ता पुँजी १० करोड र २ प्रदेशमा १९ वटा शाखा कार्यालय मार्फत १९ हजार ५ सय सदस्यलाई सेवा प्रदान गर्दे आएको छ । संस्थाको कर्जा लगानीमा रहिरहेको रकम १ अर्व २० करोड र वचत परिचालन ४० करोड भन्दा वढि रहेको र धौलागिरी लघुवित्त वित्तीय संस्था सँगको डिमर्जरको कारण नेपाल धितोपत्र वोर्डमा शेयर कारोवार रोक्का रहेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया