भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न

भीरकोट ।

भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्राट सदन बयरघारीमा सम्पन्न भएको छ। व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था जेसिजका पूर्व केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन आयुक्त अमृत अर्यालले वर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। गत पुसमा सम्पन्न भएको तेस्रो अधिवेशनले कृष्ण पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो । भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख सिमा केसी कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टी (एमाले) भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, नेपाल जेसिजका निरूपित राष्ट्रिय उपाध्यक्ष रश्मि बस्नेत, वालिङ जेसिज वर्ष २०२२ का अध्यक्ष ध्रुव पङ्गेनी, नेपाली काङ्ग्रेस भीरकोटका सभापती याम प्रसाद अधिकारी, उपसभापति विष्णुमाया काफ्ले, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, भीरकोट नगरपालिकाका प्रवक्ता दीपेन्द्र केसी लगायतका विशिष्ट व्यक्तित्वहरुले स्थापनाको छोटो समयमै भीरकोट जेसीजले मानवीय सेवामा राम्रो काम गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख खनालले भीरकोट जेसिजको क्रियाकलापहरूको प्रशंसा गर्दै नगरपालिकाले जेसिजको स्थापना कालदेखिका सबै क्रियाकलापमा सहयोग गरेको कुरा स्मरण गराए । उनले समाजमा चेतनाको विकासको लागि “परिवर्तनमा हामी” अभियान संचालन गर्न समेत आग्रह गरे । कार्यक्रममा भीरकोट बाल संजालका अध्यक्ष सुदिप पौडेल, नेपाल काङ्ग्रेस भीरकोटका सचिव नन्दलाल खनाल, नेपाली काङ्ग्रेस भीरकोटका उपसभापति विष्णुमाया काफ्ले, वर्ष २०२० का भीरकोट जेसीजका अध्यक्ष जेसी मिना खाँण, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भीरकोट जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी प्रसुन मगरले आफ्नो कार्यकालको आर्थिक, सामाजिक र संस्थागत उपलब्धि प्रस्तुत गरेका थिए । “विपदमा हामी” अभियानमा अग्रपंक्तिमा रहेर भीरकोट जेसिजलाई सहयोग गर्ने नेपाली काङ्ग्रेस भीरकोटका नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), जेसि शिव प्रसाद खनाल र जेसी सुशील खाँण ठकुरीलाई सम्मान गरिएको थियो । महामारीलाई मध्येनजर गर्दै कार्यक्रममा सिमित व्यक्तित्वहरूलाई मात्रै आमन्त्रण गरिएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेलले “विपदमा हामी” अभियानमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिंदै उहाँहरूलाई घरघरमै पुगेर सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए । जेसी सृजना गौतमको स्वागतसँगै सुरू भएको कार्यक्रमको संचालन जेसी सुन्दर कोइरालाले गरेका थिए ।

प्रतिक्रिया