जिप्रका स्याङ्जाबाट प्रहरी जवान सम्मानीत
स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट वितरण हुदै आएको उत्कृष्ट प्रहरी सम्मानबाट प्रहरी जवान सम्मानीत भएका छन् । पौष महिनाको उत्कृष्ट प्रहरी सम्मानबाट प्रहरी जवान फर्स बहादुर रास्कोटी सम्मानीत भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत रास्कोटीले आफुलाई दिएको जिम्मेवारी बमोजिम गोप्य सुचनाको आधारमा पौषमा भिरकोट नगरपालिका ७ खिलुङ स्थित डुल बहादुर रोकाको घरमा लुकाई छुपाई राखेको अबैध लागु औषध (गाँजा १४ केजी) र भरुवा बन्दुक थान १ सहित निज डुल बहादुर रोकालाई पक्राउ गरी साथै बिभिन्न मितिमा फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध एबं अवैध हातहतियार (भरुवा बन्दुक) सहित मानिस पक्राउ गरी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै पौष महिनाको उत्कृष्ट प्रहरी सम्मान पाएका हुन् ।
बिभागिय नीति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै लगनशिल तथा कर्तब्यनिष्ट भई उच्च ब्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले कार्य सम्पादन गरेकाले उनलाई सम्मान गरिएको जिल्ला प्रहरी प्रमुख राजिब बहादुर बस्नेतले बताए । प्रहरी जवान रास्कोटीलाई प्रहरी उपरीक्षक बस्नेतले कदरपत्र प्रदान गर्दै आगामी व्यवसायिक सफलताको कामना गरेका छन् । यस्ता सम्मानले प्रहरी कर्मचारीमा थप मनोबल उच्च हुने विश्वास आफुले लिएको उनले बताए । प्रहरी संगठन केन्द्रीय कार्यालयको नीति अनुसार हरेक महिना कामको प्रगति अनुसार उत्कृष्ट प्रहरी सम्मान पदकबाट प्रहरीहरु सम्मानीत गर्दै आएको सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले बताए ।
प्रतिक्रिया