जिल्ला अस्पताल समितिको अध्यक्षमा गोदार

स्याङ्जा ।

पुतलीबजार नगरपालिका ३ स्थित स्याङ्जा जिल्ला अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष इन्द्रबहादुर गोदार लगायतल अन्य सदस्यले बिहिवार पदस्थापन गरेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा अध्यक्षमा गोदार सहित अन्य ७ सदस्यीय अस्पताल विकास समितिको नियुक्त गरिएको थियो । समितिका अन्य सदस्यहरुमा लक्ष्मी बराल, टिमकुमारी कुमाल, सिद्धीमान कुमाल, राजेन्द्र गैह्रे, राजेन्द्र मरासीनी रहेका छन् । अब, जिल्ला उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय पालिकाका एक ÷एक जना सदस्य थप हुनेछन भने सदस्य सचिवका रुपमा अस्पताल प्रमुख डा. रहने प्रावधान छ । 

पदस्थापना कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अस्पतालको भौतिक तथा गुणस्तीय सेवाका लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्दे सुबिधासम्पन्न अस्पताल निर्माणका लागि जुट्ने बताए । आवश्यक अनुरुपको प्राबिधिक र स्रोतका अभावका कारण अस्पतालमा उपलब्ध उपकरणको समेत उपयोग नसकिएको उनको भनाई छ । कार्यक्रममा निवर्तमान अध्यक्ष लोकराज शर्माले नव आगन्तुक अध्यक्षलाई आफनो पूर्णसहयोग रहने र अधुरा कामलाई पुरा गर्न सहयोग गर्ने बताए । कार्यक्रममा अस्पतालका प्रमुख डा. रमेश आचार्यले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । सोही कार्यक्रममा ३ वर्षे कार्यकाल पुरा गरी निवर्तमान हुनु भएका अध्यक्ष लोकराज शर्मालाई ससम्मान सहित बिदाई गरिएको थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथ्यांक अधिकृत पार्वती बरालले गरेकी थिइन् ।  

प्रतिक्रिया