भवन बनाउने अभियानमा पत्रकार महासंघ स्याङ्जा

स्याङ्जा ।

नेपाल पत्रकार महासंघ स्याङ्जाले पुतलीबजार नगरपालिका १ स्थित नारायणस्थानमा आफनो कार्यालय भवन निर्माण गर्ने लगायतका बिबिध निर्णय भएको छ । सहयात्री पार्टी प्यालेसमा बसेको महासंघ स्याङ्जाको बैठकले महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय भवन निर्माण समिति गठन गरेर भवन निर्माण कार्यलाई छिटोभन्दा छिटो सुरु गर्ने निर्णय गरेको हो ।

समितिमा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, पूर्व अध्यक्ष प्रकाश डोटेल, कोषाध्यक्ष एकबहादुर गोदार, नेपाली कांग्रेस निकट प्रेस यूनियनका अध्यक्ष प्रदीप कोइराला, नेकपा माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले र नेकपा एमाले निकट प्रेस चौतारीका अध्यक्ष मुक्ति न्यौपाने निर्माण समितिका सदस्य रहेका छन् । 

यसैगरी, बैठकले उपाध्यक्ष भवानी अधिकारीको संयोजकत्वमा ३ सदस्यीय पत्रकार आचार संहिता अनुगमन समिति गठन गरेको छ । समितिको अन्य सदस्यमा जोगराज पाठक र साधना न्यौपाने रहेका छन् । यस्तै, अर्का उपाध्यक्ष राधाकृष्ण डुम्रेको संयोजकत्वमा ३ सदस्यीय आर्थिक ब्यवस्थापन समिति चयन गरेको छ । सो समितिको सदस्यमा एकबहादुर गोदार र नारायण विश्वकर्मा रहेको महासंघका सचिव प्रतिक्षा काफ्लेले जानकारी दिइन् । महासंघको बैठकमा जिल्लाको समग्रा पत्रकारिताका बारेमा समिक्षा समेत गरिएको बताइएको छ । 

प्रतिक्रिया