स्याङ्जामा शुरु भयो ई—पास्पोर्ट

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजबाट विद्युतीय राहदानी इ—पासपोर्ट सेवा सुरु भएको छ । सो कार्यालयल स्याङ्जामा आजबाट औपचारिक रुपमा इ—पासपोर्टको सेवा सञ्चालनमा ल्याएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट समेत इ—पासपोर्टको सेवा दिनका लागि तयारी भइरहेको स्याङ्जाका प्रजिअ राजुप्रसाद पौडेलले बताए । सेवाग्राहीको मागलाई मध्यनजर गर्दै हामीले राहदानी विभागमा इपासपोर्ट सेवा तुरुन्त सञ्चालनको लागि अनुरोध गरेबमोजिम विभागको प्राविधिक टोली आई सो सम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरी त्यसपश्चात् इ—पासपोर्टको सेवा सुरु गरिएको हो । यसबाट सेवाग्राहीलाई धेरै सहज हुने विश्वास प्रजिअ पौडेलले व्यक्त गरे ।
विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्क हेर्ने इन्जिनियर हेमन्तकुमार शाहले बताए । इ—पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्दछ उनले भने । इ—पासपोर्टका लागि फर्म भर्दा आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ । सेवाग्राहीले भरेको प्रिइनरोलमेन्ट फर्मको प्रिन्ट कपी र बैङ्कमा तोकिएको राजस्व जम्मा गरेको रसिद लिएर सेवाग्राही प्रशासन कार्यालय जानुपर्ने हुन्छ । इ—पासपोर्टको लागि कार्यालयमा सेवाग्राहीले बायोमेट्रिक्स र फोटो समेत खिचाउनुपर्ने इन्जिनियर शाहले बताए ।
प्रतिक्रिया