फरार अभियुक्त २० बर्षपछि पक्राउ

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान मार्ने उद्योग र चोरी मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । साविक सेतिदोभान गाविस ३ हाल आँधीखोला गाँउपालिका ५ बस्ने शंकर सुवेदीलाई २० बर्षपछि पक्राउ गरेको हो । २०५३ साल बैशाख २ गते सोही ठाँउका बलबहादुर वोगटीलाई बियरको बोत्तल प्रहार गरी घाईते बनाई पैसा समेत चोरी गरेको आरोपमा उनलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो । पुनरावेदन अदालत पोखराले २०५८ साल बैशाख २ गते ५ बर्ष कैद फैसाला सुनाइएकोमा उनी फरार हुदै आएका थिए ।
गाँउघरमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीको टोलीले फागुन ४ गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले दिएको जानकारी अनुसार सुबेदीलाई २० बर्ष १० महिना ३ दिन पछि पक्राउ गरिएको छ । फागुन ५ गते अदालत समक्षा पेश गरिएकोमा कैद भुक्तानको लागि कारगार चलान गरिएको छ ।
प्रतिक्रिया