वालिङ र ज्वालामुखीका न्यायीक समितिबिच भेटघाट

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका र धादिङ्को ज्वालामुखी गाँउपालिकाका न्यायीक समिति विच भेटघाटका साथै अनुभव आदानप्रदान भएको छ । वालिङ नगर उपप्रमुख कल्पना तिवारी र ज्वालामुखी गाँउपालिकाका उपाध्यक्ष जानुका श्रीखंडा बिच दुई पालिकाले गरेका न्या सम्पादनका बिषयमा अनुभव आदानप्रदान भएको हो । न्याय सम्पादनमा पालिकाले गरेका अनुभव र नयाँ कार्यलाई अनुसरण गर्ने गरी भेटबार्ता भएको बताइएको छ । न्यायीक सम्पदानका बिषयमा अनुभव बटुल्न ज्वालामुखी गाँउपालिकाको न्याीक समितिको एक टोली वालिङ नगरपालिका आईपुगेको हो ।
वालिङ नगरपालिकाबाट न्याीक सम्पादनमा धेरै सिक्न बाँकी रहेको ज्वालामुखी गाँउपालिकाका उपाध्यक्ष तथा न्याीक समितिका संयोजक श्रीखंडाले बताईन् । वालिङ नगरको असल कामको अभ्यासलाई ज्वालामुखी गाँउपालिकामा लागुगर्ने उनले बताईन् । वालिङ नगर उपप्रमुख तिवारीले न्याीक समिति गठन भएदेखी समितिले गरेका न्याय सम्पादनका बारेमा जानकारी दिएकी थिइन् ।
विवादलाई मेलमिलापको माध्यमबाट न्यायीक निरुपण गरिदै आएको जानकारी दिदै अहिले सम्म वालिङ नगरपालिकाको न्यायीक समितिमा ५ सय ओटा विवादका निवेदन दर्ता भएको जानकारी तिवारी दिइन् । यो नयाँ अभ्यास भएको बताउदै उपप्रमुख तिवारीले सामान्य विवादलाई न्यायीक समितिले मेलमिलापाको माध्यमबाट किनारा लगाउदा नागरिकमा सहजता भएको अनुभव आफुले पाएको बताईन् ।
भेटघाट तथा अनुभव आदानप्रदानमा ज्वालमुखी गाँउपालिका १ का वडा अध्यक्ष तथा न्यायीक समिति सदस्य रामप्रसाद सिलवाल, वडा नं. ७ का वडा अध्यक्ष तथा न्यायीक समितिका सदस्य तेजनाथ लोहनी र न्याय सम्पादनका सहजीकरण गर्ने व्याक्तिहरुको सहभागीता रहेको थियो । वालिङ नगरपालिकाको तर्फबाट प्रमुख प्रशशासकीय अधिकृत राजन भट्टराई, शिक्षा शाखा प्रमुख बावुराम सापकोटा, सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, कानुनी सल्लाहाकार नरबहादुर पौडेल लगायतको सहभागीता रहेको अशोक तिवारीले जानकारी दिए । भेटघाटले दुवै पालिकाको न्याय सम्पादनका बारेमा सकरात्मक छलफल बनेको बताइएको छ ।

प्रतिक्रिया