फागुन १५ गते आइतबार सार्बजनिक विदा
गल्याङ ।
आइतवार मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । स्याङ्जाको गल्याङ् नगरपालिकाले आइतबार राष्ट्रिय मगर दिवशको अवसरमा फागुन १५ गते सार्बजनिक विदा दिएको हो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जारी गरेको सार्बजनिक विदा सम्बन्धि सूचनामा फागुन १५ गते मगर दिबशको अवसरमा नगर भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था एवम् सार्बजनिक निकायहरुमा सार्बजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।
यसअघि नेपाल मगर संघ राष्ट्रिय मगर दिवशका अवसरमा सार्बजनिक विदा दिन माग गर्दै नगरप्रमुख भुपराज अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । जवाफमा नगरप्रमुख अधिकारीले मगर समुदायको धेरै जनसंख्या रहेको गल्याङ नगरपालिकामा सार्बजनिक विदा दिन आफु प्रतिबद्व रहेको बताएका थिए ।
प्रतिक्रिया