वडा वडामा रेडक्रसको अभिमुखिकरण

भीरकोट ।

नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखा अहिले अभिमुखीकरण कार्यक्रम लिएर वडा वडामा पुगेको छ । जिल्ला शाखाको आयोजनामा भीरकोट नगरपालिकाको वडा नं ६ भण्डारखोलामा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस स्याङ्जाको आयोजना र जापान रेडक्रसको सहयोगमा स्वास्थ्य र सरसफाइको क्षेत्रमा विविध कार्यक्रम संचालन गर्ने विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ भने अन्य वडाहरुमा संचालन हुदैंछ । वडा अध्यक्ष्य लक्ष्मण खत्रीको अध्यक्ष्यतामा सम्पन्न भीरकोट ६ को कार्यक्रममा जनप्रतिनिधि, रेडक्रसका आजीवन सदस्यहरू, स्थानीय बासिन्दा र शिक्षक नायकहरूको सहभागीता रहेको थियोे ।
सो कार्यक्रममा बोल्दै स्याङ्जा रेडक्रसको जिल्ला सभापति दिनेश अर्यालले भीरकोटको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सहयोग गर्न जिल्ला रेडक्रस सदैव तयार रहेको उल्लेख गरे । आगामी दिनमा विगतका परियोजना सुचारु गर्दै नयाँ परियोजना संचालन गरिने अर्यालले बताए । अर्यालले भने, “स्याङ्जा जिल्लालाई सन् २०३० सम्म पुर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियानमा सबैले आफ्नो ठाँउबाट पहल गर्नु आवश्यक छ । आगामी दिनहरुमा प्राथमिक उपचारका साथै जीवनोपयोगी सीप सम्बन्धि तालिम संचालन गरिने छ । विद्यार्थीहरूको सहयोगमा जनचेतना अभिवृद्धि र सरसफाइका कार्यक्रमहरू संचालन गरि अगाडि बढ्ने हाम्रो योजना छ।” कार्यक्रमको समापनमा बोल्दै वडा अध्यक्ष्य लक्ष्मण खत्रीले स्वास्थ्य र सरसफाइको कार्यक्रममा नगरपालिका र वडा ले पनि सक्दो सहयोग गर्ने र रेडक्रससँङ्ग हातेमालो गर्दै अगाडि बढ्ने बताए।

प्रतिक्रिया