भीरकोटमा नेपाली काँग्रेसको टोल कार्य समिति गठन

जिल्लाको भीरकोट नगरपालिकामा नेपाली काँग्रेसले टोल कार्यसमिति गठनलाई तिव्रता दिएको छ । यसैक्रममा वडा नं ५ को विभिन्न टोलहरुमा नेपाली काँग्रेस टोल कार्य समिति गठन गरेको छ । वडा नं ५ को आग्रीडाँडा तिलाहार टोलको सभापतिमा गंगाबहादुर थापा, पकान टोलको सभापतिमा गंगाबहादुर जिटी, सिम्ले चापपानी टोलको सभापतिमा राजेन्द्र सिंह, महापुर टोलको सभापतिमा डम्मरप्रसाद अर्याल, भञ्यागं टोलको सभापतिमा पिताम्बर पाण्डे, थालेखर्क टोलको सभापतिमा जीतबहादुर थापा सहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताए । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताई सब्य र भब्य रुपमा निर्वाचन सफल पारी पार्टीको जित हात पार्नका लागी टोल समिति विस्तार गरेको काँग्रेसले जनाएको छ । अधिकारीले दिएको जानकारी अनुसार नगरका अन्य बाडाहरुमा पनि टोल कार्य समिति गठन गरिने भएको छ ।
नेपाली काँग्रेस वडा नं ५ का सभापति सु. कृष्णबहादुर थापाले नेपाली कांग्रेस मात्रै दुख सुखको साथी भएको बताए । भीरकोटमा काँग्रेसलाई जिताउनका लागि सबैले एक ढिक्का भएर लाग्न र सक्षम नेतृत्व चयन गर्न स्थानियबासीहरुलाई थापाले आग्रह गरेका छन् । वडा सभापती सु. कृष्णबहादुर थापाको थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुनिता उच्चै ठकुरी, क्षेत्रीय प्रतिनिधि रामकृष्ण अर्याल, वडा–५ का उप–सभापती मनप्रसाद अधिकारी, ईन्द्रपसाद अर्याल, वडा सचिव नारायण अर्याल लगायतले बोलेका थिए । काँग्रेसले तल्लो तहमा जनसंख्यालाई आधार बनाई टोल, वडा ,गाउँ÷नगर, जिल्ला, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश र केन्द्रीय कार्यसमिति गरी आठ तहको संगठनात्मक स्वरुपको खाका प्रस्तुत गरेको छ ।

 

प्रतिक्रिया