जन्म दिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग

बयरघारी ।

स्याङ्जा भीरकोटका युवा समाजसेवी एवं नेपाली काङ्ग्रेसका नेता राजकुमार गुरूङले सवारी दुर्घटनामा परि उपचारको क्रममा रहेकि भीरकोट नगरपालिका ९ निवासी अनु गुरूङलाई स्वास्थ्य लाभको कामना गर्दै रू ११,१०० आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । उनको श्रीमान् पनि विगत केही बर्ष देखि मृगौलाको समस्याले गण्डकी मेडिकल कलेज पोखरामा डायलाइसिस गराइरहेका छन् । गुरूङले गर्दै आएको निस्वार्थ समाजसेवा र सहयोगको प्रशंसा गर्दै नेपाली काङ्ग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी लक्ष्मणले नेपाली काङ्ग्रेस भीरकोट नगर कार्यसमितिले पनि अनु गुरुङको उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त भेटघाटमा भीरकोट जेसीजको निवर्तमान अध्यक्ष प्रशुन मगरले भीरकोट जेसीजले पनि सहयोग अभियान सञ्चालन गर्ने बताए। कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रशासन प्रमुख कृष्ण पौडेलको पनि सहभागिता रहेको थियो । समाजसेवी गुरूङले आफ्नो जन्मोत्सव सामाजिक सेवाका कार्यक्रमहरू गरेर मनाउने गर्छन्।

प्रतिक्रिया