भीरकोट काँग्रेसको चुनावी अभियान सुरु

भीरकोट ।
नेपाली काँग्रेस भीरकोटको चुनावी अभियान सुरु भएको छ। शनिबार र आईतबार भीरकोटको बयरघारीमा एक कार्यक्रम गर्दै काँग्रेस भीरकोटले घर घर जाऔं , काङ्ग्रेस जिताओैँ अभियान सुरु गरेको हो। अभियान संचालनको तयारीका लागि काँग्रस गण्डकी प्रदेशले सदस्य पूर्णबहादुर दाहाललाई भीरकोटमा खटाएको छ। भीरकोट काँग्रेसद्धारा आयोजित सो कार्यकर्ममा विभिन्न पार्टी परित्याग गरी धेरै जनाले काँग्रेस प्रवेश गरेको भीरकोट नगरपालिका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले बताए।
भीरकोटका सम्पूर्ण वडामा चल्ने कार्यक्रम नेकपा एमालेले विगतमा गरेका संविधान विरोधि गतिविधिको बारेमा जनतालाई सुसूचित गराउने, एमसीसीबारे जनताको बीचमा परेको भ्रम चिरफारलगायतका विषयमा अभियान चलाउने सभापति अधिकारीले बताए।
प्रतिक्रिया