युद्धको महासंग्राम र एटम् बमको धम्की

खुमकान्त अर्याल ।
२÷३ दिनमा नै कव्जामा लिन सकिने अनुमानका साथ युक्रेनमाथि रसियाले हमला गरेको ३३ दिन भैसकेको छ । अपेक्षा विपरित वहादुर युक्रेनीहरू डटेर लडिरहेको र यस्तै हातहतियार र रणनीतिले जित्न नसकिने वुझेर छुव्ध भएका रसियाली शासकहरूले एटम् बमको धम्की दिइरहेको हुदा राष्ट्रपति पुटिनले युक्रेनमाथि थप विनाशकारी परमाणु हतियारको प्रयोग गर्न सक्ने आशंका गरिएको छ र सर्वत्र मानिसहरू डराउन थालेकाछन् ।
के हो परमाणु बम् ? युरेनियम वा प्लुटोनियमका कणहरूलाई कुनै प्रकृयाबाट विखन्डन गराउनु हो । यसो गर्दा हजारौ किलोटनको उर्जा पैदा हुन्छ र यो ग्याँसमा परिवर्तन मात्र होइन रेडियो विकिरण पनि वनेर हावामा फैलिन्छ । परमाणु बम् विस्फोट गरिएका ठाउँमा धेरै मानिसहरू मर्दछन र वाँच्नेहरू पनि कोही अपाँग र सुस्त मनस्थितका हुन्छन् । परमाणु वमबाट निस्केको ग्याँस र उर्जाले वरिपरीका घर तथा संरचनाहरूमा आगो लाग्छ र धेरै जलेर ध्वस्त हुन्छन् । यसको असर त्यस ठाउँमा धेरै पछिसम्म रहने गर्दछ । परमाणु वमको पहिलो प्रयोग दोश्रो विश्वयुद्दमा सन १९४५ अगस्टमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गरेको थियो र यसपछि जापानले आत्म समर्पण गर्दै युद्द समाप्ति भएको थियो । यो विस्फोटमा त्यहाँ करिव २ लाख १४ हजार मानिस मरेका थिए र ७० प्रतिशत घर तथा संरचनाहरू जलेर खाक भएका थिए । हजारौ मानिस घाइते, अपाँग र सुस्त मनस्थितका भएका थिए र यसको असर त्यहाँ धेरै पछिसम्म रहेको थियो ।
यो घटना पछि परमाणु उर्जाको गलत प्रयोग गरि विश्व असुरक्षित हुनसक्ने देखिएकोले सन १९६८ देखि परमाणु उर्जा अप्रशार सन्धी गरिएको थियो अहिले सम्म १ सय ९० देशले यसमा हस्ताक्षर गरेका छन । नभिकीय उर्जा खासगरि उर्जाको काम लिन शान्तिपुर्ण प्रयोगको लागि मात्र प्रयोग गरिने निरस्त्रीकरण र यसको गलत प्रचार तथा उपयोग नगर्न यो सन्धि गरिएको हो तर अहिले विश्वका महाशक्ति राष्ट्रहरूमा देखिएको अविश्वास र अस्वस्थ प्रतिस्पर्धाले गर्दा यो उर्जाको भित्री सन्चो उत्पादन गरेर हातहतियारमा आँफु वलियो हुने प्रयाश गदैछन । यस सन्धि अनुसार १९६७ भन्दा पहिल्यै परमाणु उर्जा हतियार भएका देशले त्यसपछिका अरू देशलाई यो प्रविधि हस्तान्तरण गर्न पाइदैन । अहिले रूसले यही वमको विस्फोट गर्ने धम्की दिइरहेको छ र नवोदयी राष्ट्रहरूले समेत यसको उत्पादन गरि आफ्नो सुरक्षा स्थिति वलियो वनाउन आवश्यक ठान्दैछन् । सन्धि अनुसार यो परमाणु उर्जा शान्तिपुर्ण कार्यमा वाहेक मानिसलाई मार्न जस्ता अमानवीय कार्यमा प्रयोग गर्न पाइदैन, जो धेरै घातक छ तर के गर्ने जो अगुवा उनीहरूले नै नियम वनाउदछन र उनीहरले नै अवज्ञा गर्दछन । आज रूसले त्यस्तै एटम वम प्रयोगको गलत धम्की दिदैछ र विश्वलाई तर्साउदै छ ।
यदि नरसंहारक परमाणु वमको प्रयोग रसियाले गरिहाल्यो भने यस्तै हतियार भएका अरू देशले समेत जवाफ दिनेछन तव त्यतिवेल युक्रेन मात्र होइन वाँकी युरोप र यस युद्दको उद्घाटनकर्ता रसिया पनि वाँकी रहनेछैन । रसिया वाँकि नरहदा जुन वंकरमा लुकेपनि वा लुकाएर राखिएता पनि पुटिन र उनको परिवार पनि त वाँकी रहनेछैनन् होला नि । रसियाली राष्ट्रपति भलादिमिर पुटिन आँफु वाँचुन्जेल पदमा रहन संविधान संसोधन गर्न सक्दा रहेछन यसर्थ आजीवन धेरै शक्तिशाली सम्राट वन्ने अभिलाषा देखिन्छ उनमा, राजा ययाति जस्तै, । तेसैगरि धेरै धनसम्पत्तिको संग्रह गर्ने, सौखिन र विलासी वन्ने र आफ्ना परिवारको पनि सौख सुविधा पुरा गर्ने स्वभावका रहेछन भन्ने कुरा उनको प्रदर्शित जीवनबाट अनुमान गर्न सकिन्छ ।
उनीलाई हामी कसैले अहिले पनि समाजवादीको चस्माले हेर्ने गर्दछौ र यही लडाइमा पनि यसकारणले उनको अर्घाेलो कर्मलाई विरोध गर्न जाति मान्दैनौं । पुर्व समाजवादी देशका भनौ वा केही केही समाजवादी देखिएका उनी अहिले सन्सारभरिकै धेरै धनाढ्य मानिस मध्येका एक हुन् । उनको विदेशी वैंकमा भएको सम्पत्ति मात्रै पनि ४ सय ३० करोड डलर छ रे स्वदेश भित्रको लगानीको त सायद हिसाव छैन होला । उनीसंग ठाउँठाउमा हवेलीहरू, व्यक्तिगत रकेट,जहाज पानीजहाज र यस्ता अत्याधुनीक विलासी सम्पत्ति धेरै छन भन्छन्, यस्ता धनी मान्छेहरूलाई आफ्नो सम्पत्ति आफ्नो प्राण भन्दा पनि प्यारो हुन्छ भन्छन् । उनि मृत्यु देखि धेरै डराउदछ भन्ने कुरा त उनको सुरक्षा वन्दोवस्ति वारे सुन्दा थाहा लाग्दछ । उनले खानाखानु अगाडि सो खानामा विष मिसिएको छ कि भनेर परीक्षण गराउँछन रे ।
शक्ति र सम्पत्तिको भोगमा डुव्ने र मृत्युको भयबाट ग्रस्त यस्ता महत्त्वाकांक्षी शासकहरूले आफ्नो वाटो छेक्न अगाडी पर्नेहरूलाई जस्तोसुकै क्रुर, र कठोर आक्रमण गर्न सक्दछन् यसर्थ पनि उनले परमाणु बम पड्काउने धृष्टता गर्ने अनुमान भैरहेको छ , तर यही कारणबाट आँफु, परिवार र संग्रहित सम्पत्ति नष्टहुने परिणाम आउने देखेमा यस्ता स्वार्थि र शक्ति सम्पत्तिमा आशक्त मान्छेले आँफै समते सिद्धिन सक्ने दुर्घटना गराउने हिम्मत चाँही गर्दैनन् वरू केही वन्दोवस्ती नभएका चरम विचारमा आस्था राख्नेहरू र धर्मान्धतामा लाग्ने लडाकाले आफ्नो शरीरमाथि आत्मघात गर्न सक्छन उनी यस्तो पनि होइनन् । यसर्थ पनि भलादिमिर पुटिनले परमाणु हतियारको प्रयोग गर्ने दुशाहस गर्नेछैनन् ।
यो दुई चारहरफ लेख्दै गर्दा अन्तर्राष्ट्रिय सन्चारहरूमा टर्कीको मध्यस्थतामा रूस र युक्रेनको शान्ति वार्ता हुदैछ भन्ने पनि सुनिएको छ । यसअगाडिका ३ वटा वार्ताहरू असफल भए पनि आसा गरौं अवको वार्ताले युद्द समाप्त गर्ने सफलता प्राप्त गरोस, सवैको वाँच्न पाउने हक र अभिलाषा पुरा होस । शुभकामना ।

प्रतिक्रिया