सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम ग¥यौ
छायाराम खनाल,
नगर प्रमुख,
भीरकोट नगरपालिका, स्याङ्जा
यतीबेला आसन्न स्थानीय तहको चुनावले गाउँ र नगरको माहोल तातिरहेको छ । केन्द्रदेखि स्थानीय तहका नेता कार्यकर्ताहरु आफ्नो सरकार र पार्टीले गरेका राम्रा कामका विषयमा केन्द्रित रहेर जनमत आफ्नो पोल्टामा पार्न लागिपरेका छ्न् । यसै सन्दर्भमा स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोट नगरपालिकाको पाँच वर्षका उपलब्धि, अवसर र चुनौतीमा केन्द्रीत रहेर हामीले नगरप्रमुख छायाराम खनालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ पब्लिक आवाजका प्रतिनिधी नारायण प्रसाद कोइरालाले नगर प्रमुख खनालसँग गरेको कुराकानीको सम्पादित अंश ।
१) भीरकोट नगरपलिकाको मेयर भएर पाँच वर्ष काम गर्नुभयो । आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सामाजिक क्षेत्रको काम, विकासको काम नयाँ संरचनामा गर्दा पूर्ण रुपमा सन्तुष्ट छु भनेर भन्न त मिल्दैन तर दुई तीन वटा आधारले मैले सन्तुष्टि अनुभव गरेको छु । पहिलो, हामीले योजनावद्ध रुपले विकास निर्माणका काम ग¥यौं । दोश्रो, दीगो विकासका राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्यमा केन्द्रित रहेर काम ग¥यौं । विधि र प्रक्रियालाई समातेर काम गरेको हुनाले विकास निर्माण आयोजनाहरु पूर्ण रुपमा सफल भएका छन् । तेश्रो, हामीसंँग भएका श्रोत र साधनको पूर्ण सदुपयोग गरेका छौं । यसर्थ म आफ्नो कार्यकाल प्रति सन्तुष्ट छु ।
२) तपाईंले पाँच वर्षमा गरेका ५ वटा महत्वपूर्ण कामहरु के के हुन् ?
प्रथमतः सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम ग¥यौं । विधि र प्रक्रियासम्मत तरिकाले विकास आयोजनाहरु कार्यान्वयन ग¥यौं । दोश्रो, आवधिक, अल्पकालिन र दीर्घकालिन योजना बनाएर योजनावद्ध तरिकाले काम ग¥यौं । तेश्रो, हामीले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा ग¥यौं । चौथो, हामीले आधारभूत तह १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेर विद्यार्थीलाई निःशुल्क प्रदान ग¥यौं । पाँचौ, संसारको अनौठो प्रकृतिको ऐतिहासिक एवम् भौगर्भिक महत्वको गडहरे गुफाको प्रथम चरणको अध्ययन, अन्वेषण गर्न सफल भयौं । दोश्रो चरणको अध्ययन अन्वेषणको क्रममा छौं । यसलाई भौगर्भिक अध्ययन र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भैरहेको छ । जनताको गुनासो कम हुने गरी हाम्रा सबै योजना तथा कार्यक्रमहरु विवादरहित तरिकाले सफलतापूर्वक सम्पन्न भएका छन् ।
३) तपाईंले २०७४ को निर्वाचनमा आफूले तयार पारेको घोषणापत्र र जनतालाई बाडेको आश्वासनको कति प्रतिशत काम सम्पन्न गर्नुभयो ?
चुनावका बेला तयार गरेको घोषणापत्र र बाँडेका आश्वासन भन्दा बढी काम भएका छन् । मुख्य आश्वासन सुशासनको थियो । प्रभावकारी रुपमा प्रशासनिक सेवा प्रवाह गर्न सबै वडामा दक्ष जनशक्ति नियुक्ति ग¥यौं । वडाका जनप्रतिनिधिहरुलाई सवारी साधन र अन्य सुविधा प्रदान गरेर तोकेको समय र स्थानमा जनताको सेवा गर्न सक्षम बनायौं । विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न पनि पहल ग¥यौं । सेवा प्रवाहको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालयहरु र स्वास्थ्य चौकी निर्माणको काम पूरा ग¥यौं । हामीले धेरै हदसम्म सुशासनको अनुभूति गरेका छौं । यद्यपी केही कमिकमजोरी हुन सक्छन् । कोरोना महामारीका बाबजुद हामीले जनतालाई बाँडेका सपना र आश्वासन पूरा गरेका छौं । सिटी हल निर्माण भयो, बयरघारी बजारका भित्री सडक कालोपत्रे ग¥यौं । बयरघारी बजारको खानेपानी योजना सम्पन्न हुने चरणमा छ । हामीले चुनावमा देखाएको सपना, लक्ष्य र आश्वासन भन्दा बढी काम गरेका छौं ।
४) उपलब्धि त धेरै सुनाउनु भयो । तर भीरकोट नगरपालिकाको बसपार्क किन उपयोगमा आउन सकेन ? अनि भीरकोट नगर अस्पताल किन शिलान्यासमै सिमित भयो ?
बसपार्कको सन्दर्भमा बजारबासी, उद्योग वाणिज्य संघ र व्यवसायीहरुले असहयोग गरे । बसपार्क निर्माणको योजना गलत थिएन , आवश्यकता थियो तर सरोकारवालाहरुको असहयोगका कारण बसपार्कमा असफल भयौं । भीरकोटको केन्द्र बयरघारीमा सवारी साधनको व्यवस्थापन र दुर्घटना न्यूनीकरणको उद्देश्यले बनाएका थियौं । बसपार्कका उपभोक्ता नै भाग्ने प्रयास गरे । कोरोनाका कारण पनि हामी बसपार्कलाई प्रयोगमा ल्याउन असफल भयौं । नगर अस्पताल निर्माणका लागि केन्द्रीय सरकारले १८ करोड सहित योजना कार्यान्वयनको अख्तियारी दिएको थियो । त्यसको डिपिआर तयार भएको छ । १५ सैयाको अस्पताल निर्माण गर्न ३७ करोड भन्दा बढी लागत निस्कियो । अनि हामीले स्वास्थ्य मन्त्रालयलाई सोध्यौं, १८ करोड भन्दा माथिको लगानी केन्द्रले नै गर्छ कि हामीले गर्नुपर्ने हो भनेर । मन्त्रालयले १८ करोड भन्दा थप रकम नदिने भनेपछि थप करिब २० करोड लगानी गर्ने क्षमता नभएर अस्पताल अहिलेसम्म शिलान्यासमै सिमित भयो । २० करोड भनेको हाम्रो तीन वर्षको बजेट हो । केन्द्रीय सरकारले डिपिआर अनुसारको रकम छुट्याउनु पर्छ भन्ने हाम्रो माग हो । यो आर्थिक वर्ष भित्रै टेण्डर गर्ने गरी हामी स्वास्थ्य मन्त्रालयसंँग अन्तिम छलफलको तयारीमा छौं ।
५) विगतमा कर्मचारीले गर्ने काम र तपाईंले पाँच वर्षमा गरेको काममा कुनै भिन्नता भएन र पार्टी भित्रै र अन्य दलसँग पनि सहकार्य नगरेको आरोप छ । नयाँ योजना र भिजनका साथ काम गर्न किन सक्नुभएन ?
भिन्नता छ, हजुरले थाहा पाउनु भएनछ । जनप्रतिनिधी नहुँदा पहिलो कुरा कर्मचारीहरुले योजना कार्यान्वयन गर्दा उपभोक्ताबाट अनुचित लाभ लिने कार्य गर्थे । अहिले त्यो कँही कतै पनि हुन पाएको छैन, शुन्यमा झरेको छ । योजना मूल्यांकन गर्दा उपभोक्तालाई अनावश्यक दुःख दिने र आर्थिक लाभ लिने प्रकृति जिरो भएको छ । कर्मचारीहरु नतिजामूखी भन्दा पनि प्रक्रियामूखी र समय काट्ने तरिकाले आलटाल गरी काम गर्थे भने हामीले नतिजामूखी भएर योजना कार्यान्वयन गरेका छौं । जनप्रतिनिधी हुनुभन्दा अघि पूँजीगत रकम खर्च हुन नसकेर बाँकी रहन्थ्यो । म आउँदा चार करोड बाँकी थियो । अहिले हामीलाई पूँजीगत खर्च अपुग भैरहेको अवस्था छ । योजनामा सतप्रतिशत सफलता हाँसिल गरेका छौं । हाम्रो मुख्य मिसन र भिजन नै सुशासन र सेवा प्रवाहका लागि आधारभूत भौतिक पूर्वाधारको विकास गर्ने थियो र यसमा हामी सफल भएका छौँ । यसैगरी हामीले सेवाग्राहीमैत्री भएर जनतालाई सेवा दिइरहेका छौं । हिजोको भन्दा ठूलो अन्तर छ । लिजामा र वित्तीय समानीकरणका योजना कार्यान्वयनमा हामी अगाडी छौं । बजेट, नीति निर्माण र कार्यान्वयमा कर्मचारीहरुले पनि तदारुकताका साथ सहयोग गरेका छन् । विकासमा चासो दिने र सहकार्य गर्न खोज्ने सबैसंग सहकार्य गरेका छौं । व्यवसायिक र नाफामूखी सोच भएका मान्छेहरुसंँग सहकार्य नभएको कुरा साँचो हो । सिमित श्रोत र साधनका बाबजुद असिमित आवश्यकता पूरा गर्दा असन्तुष्टी भएपनि नगरपालिकाको विकासमा सहकार्य गर्नुहुने सबैप्रति आभारी छु ।
६. आँधिखोलाको तटबन्धन कमजोर ठाउँमा भन्दा पनि पहुँचका आधारमा भएजस्तो देखिन्छ नि ? अनि सिमलचौर फाँटमा हजुरकै कार्यकालमा सिंचाईको व्यवस्था होला त ?
आँधीखोलाको तटबन्धनका लागि सिंचाई डिभिजन कार्यालयबाट ५ करोड विनियोजन भएकोमा ६० प्रतिशत बजेट हाम्रो क्षेत्रको तटबन्धनमा खर्च हुँदैछ । अहिले पक्की पूलमूनी मात्रै काम गरेजस्तो देखिए पनि तटबन्धन कमजोर भएका सबै ठाउँमा व्यवस्थित तटबन्धन हुन्छ । सिमलचौरको सिंचाईको काम चाँही यही चैत्रभित्रै सुरु हुन्छ । यो वैकल्पिक र परीक्षणकालिन योजना भएकाले लागेको सबै खर्च नगरपालिकाले बेहोर्छ । डिप बोरिङ्ग गरेर पानी निकाल्ने भएकाले यो योजना सफल भयो भने नगरका अन्य क्षेत्रमा पनि यस्तै खाले योजना कार्यान्वयन गर्ने हाम्रो योजना छ ।
७) भीरकोट नगरपालिकाका लागि मेयरमा धेरैले आकांक्षा देखाउनुभएको छ । पार्टीभित्र समान अवसरको कुरा पनि हुन्छ । काँग्रेसले तपाईं बाहेकलाई उम्मेदवार अगाडि सार्दा मान्न तयार हुनुहुन्छ ?
मेयरमा कसलाई उठाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा हो । भीरकोट नगरपालिकाको संस्थापक मेयर हुने पहिलो अवसर पाएकोमा खुसी छु । विकासका निर्माणको मार्गचित्र कोर्ने प्रयत्न गरें । कमसेकम अर्को पाँच वर्षका लागि काम गर्ने अवसर पाउने हो भने अहिलेको अनुभवका आधारमा थप नतिजामूखी काम गर्न र नमूना नगरपालिका बनाउन सकिन्छ भन्ने अठोट र आत्मविश्वास मैले लिएको छु । म नगर प्रमुखको दाबेदार हो, अन्तिमसम्म दाबी गरिरहन्छु । तर पार्टीले नगर प्रमुखको जिम्मेवारी अरु कसैलाई दियो भने मैले मन दुखाउने भन्दा पनि आफ्ना अनुभवका आधारमा अझ बढी सक्रिय भएर सक्दो सहयोग गर्छु ।
८) अधिवेशनको अस्वस्थ प्रतिस्पर्धीले कार्यकर्तामा मन फाटेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा चुनौती कत्तिको छ ?
प्रथमतः म जनप्रतिनिधी भएकाले नगर प्रमुखको हैसियतमा गर्नुपर्ने कामप्रति जिम्मेवार तरिकाले लागि परेको हुँदा हजुरलाई त्यस्तो लागेको होला । अधिवेशन आन्तरिक प्रजातन्त्र सुदृढीकरणका लागि थियो । अहिले चुनावी माहोल सुरु भैसकेको छ । चुनावी अभियानमा हामी सबै प्रतिबद्ध भएर लागेका छौं । नयाँ निर्वाचित साथीहरु र नयाँ कार्यकर्ताहरुमा परिपक्वताको कमीले गर्दा कार्यकर्ता बाँडिएको वा पार्टी भित्र पक्ष र प्रतिपक्ष भएजस्तो देखिएको हो । म कहिल्यै हस्तक्षेपकारी काम गर्दिन । समन्वय, सहकार्य र सहजीकरण मेरो प्राथमिकता हो । पार्टीको जित सुनिश्चित हुने तरिकाले हामी अगाडि बढेका छौं । नगर सभापति र नवनिर्वाचित साथीहरुसंँग म नियमित र प्रत्यक्ष सम्पर्कमा छु । कार्य विभाजन र जिम्मेवारीले टाढा भएजस्तो देखिएको हो ।
९. अन्त्यमा हाम्रो पब्लिक आवाज मार्फत भीरकोटबासी जनतालाई के भन्न चाहनुहुन्छ ?
हजुरको मिडिया मार्फत् सबै भीरकोटवासीलाई धन्यवाद दिन चाहन्छु । हाम्रो प्रगति र सफलताको पहिलो श्रेय म भीरकोटवासीलाई दिन चाहन्छु । भीरकोटको विकास जनप्रतिनिधिको कारणले मात्र भएको हैन, सम्पूर्ण भीरकोटवासीको सहकार्य र सहयोगले भएको हो । सबै विकास योजनाहरु विवादरहित रुपमा कार्यान्वय भएका छन् । सबै योजनामा व्यापक जनसहभागिता जुट्यो । भोट सबैले दिनुभएन तर कार्यकाल सफल बनाउन सबैले सहयोग गर्नुभयो । विपक्षी पार्टीलाई पनि धन्यवाद दिन्छु । कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
प्रतिक्रिया