स्याङ्जामा ५ दलीय गठबन्धन, एमालेलाई चुनौती
![](https://publicaawaaj.com/wp-content/uploads/2022/04/photo-1024x768.jpg)
स्याङ्जा ।
पाँचदलीय गठबन्धनले आगामी स्थानीयतहको निर्वाचनका लागि छलफल शुरु गरेका छन् । आगामी स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन गरेर चुनावमा जाने बिषयमा छलफल शुरु गरेका हुन् । ५ दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको परिपत्र अनुसार स्याङ्जामा पनि आगामी चुनाबका बारेमा छलफल भएको नेपाली काँग्रेसका सभापति राजु थापाले बताए । नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको छलफलमा ५ दलका नेतृत्वतहको सहभागीता रहेको थियो ।
छलफलमा ११ पालिका ९७ वडामा आवश्यकता र औचीत्यताका आधारमा तालमेल गर्न सकिने गरी भएको नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरतराज लम्सालले जानकारी दिए । हामीले केन्द्रीय संयन्त्रको परिपत्र अनुसार छलफल शुरु गरेका हौं प्रवक्ता लम्सालले भने,‘५ दलको जिल्लाको बस्तु स्थिती बारे सकरात्मक छलफल भएको छ ।’ ५ दलीय छलफल वडातह सम्म पु¥याउने गरी सकिएको छ उनले भने ।
वडातहमा ५ दलका साथीहरुले छलफल गर्नुहुन्छ प्रवक्ता लम्सालले भने,‘तालमेलको आवश्यकता र सुझावको रिर्पोट आएपछि जिल्ला संयन्त्रले यसको टुङ्गो लगाउने छ ।’ वडातह देखी आएको सुझावलाई आधार मानेर जिल्ला संयन्त्रले पालिका र वडाको उमेदवारी टुङ्गाउने छौ उनले भने । आवश्यकता अनुसार ५ दलीय गठबन्धनको बैठक, छलफल बस्ने सकिएको बताइएको छ । छलफलमा नेपाली काँग्रेसका सभापति राजु थापा, नेकपा माओवादी केन्द्रका तर्फबाट शैलेन्द्र घिमिरे, नेकपा एककिृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे र जनता समाजवादीका खेमनारायण ढकाल लगायतको सहभागिता रहेको थियो ।
२०७४ को स्थानीयतहको निर्वाचनमा ३ प्रमुख, उपप्रमुख र १ प्रमुखमा नेपाली काँग्रेसले बिजयी हासिल गरेको थियो भने ७ पालिकामा प्रमुख उपप्रमुख सहित १ मा उपप्रमुख नेकपा एमालेले बिजयी हासिल गरेको थियो । नेकपा एमाले फुटेपछि बनेको नेकपा एकिकृत समाजवादी पछिल्लो समय संगठन निर्माणमा निकै आक्रमक देखिएको छ । २०७४ को स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एक वडा अध्यक्षमा बिजयी हासिल गरेको थियो । स्याङ्जामा ५ दलीय गठबन्धन तालमेल गरी आगामी स्थानीयतहको निर्वाचनमा गएमा नेकपा एमालेलाई बिजयी हासिल गर्न निकै चुनौती देखिन्छ । स्थानीयतहको निर्वाचनका लागि नेपाली काँग्रेस घरदैलो गरिरहेको छ भने नेकपा एमाले वडा भेला गरिरहेका छ । नेकपा माओवादीले पालिकास्तर र नेकपा एसमाजवादीले संगठन बिरुतार सगै चुनावी अभियानमा लागेका छन् ।
प्रतिक्रिया