बैंक र कृषि मार्फत जीवन रुपान्तर आवश्यक ः अध्यक्ष ढकाल
स्याङ्जा ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले नयाँ बर्ष २०७९ सालकोे बार्षिक भित्तेपात्रो विमोचनसंगै ५ दिने दोहोरो लेखा प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम सुभारम्भ गरेको छ । मुक्तिनाथ विकास बैैक एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले दुबै कार्यक्रमको संयुक्तरुपमा उदघाटन गर्दै अबको दशक कृषिको हुने बताए । बैंक र कृषि मार्फत कृषक र उपाभोक्ताका जीवन रुपान्तरण गर्ने लक्ष्य रहेको उनको भनाई छ । उनका अनुसार अवको कृषि प्रबिधि र समृद्धीको हुनेछ परम्परागत होइन । जनता बैंकमा होइन, जनतामा बैंक पुग्नुपर्छ भन्ने मुल नारालाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकको अभियान संचालन गरेका ढकालले राज्य सहायक माध्यम भएको बताए । काम गर्ने निजी क्षेत्र भएको बताउदै उनले आउदा दिनमा उद्योग ब्यवसायी र किसानसंग सहकार्य र हातेमालो गर्दै विकास र समृद्धीका पक्षमा काम गर्ने बताए ।
मुक्तिनाथ विकास बंैंकको एक पाटो रहेको कृषि कम्पनीका माध्यमबाट किसानसंग सहकार्य गर्दे बाँझा जग्गाजमिनको सहीसदुपयोग गर्दे कृषि तथा शैक्षिक क्षेत्रमा काम गर्ने आगामी योजना रहेको जनाए ।
कार्यक्रममा आन्तरिक राजश्व सेवा कार्यालयका प्रमुख शोभाकान्त पंगेनी, रोयल तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्ध निर्देशक केशवराज लम्साल, दोहोरो लेखा प्रणाली तालिमका प्रशिक्षक रामप्रसाद तिवारी, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका सदस्य मोहम्मद सरिफ मिया, नेवा देय दवुका पूर्वअध्यक्ष गोबरधन श्रेष्ठ, उद्योग वाणिज्य संघका सचिव मित्रबन्धु पोख्रेल, सदस्य रविन केसी लगायतले ब्यवसायी, ब्यवसायका कठिनाई र आर्थिक कारोवारका बारेमा आ आफना धारणा ब्यक्त गरेका थिए ।
उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उद्यम विकास समितिका वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गरेका थिए । यसैबीच, संघले ब्यवसायीलाई लक्षित गर्दै ५ दिने दोहोरो लेखा प्रणाली सम्बन्धी तालिम संचालन गरेको छ । तालिममा २० जना युवा सहभागि छन् । लेखाको उचित ब्यवस्थापन गर्न नजान्दा ब्यवसायीले नोक्सान भोग्नु परेको जनाउदै सुब्यवस्थित लेखा प्रणाली राख्न सक्ने बनाउने उदेश्यले यस्ता तालिम संचालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया