हिमाल बचाउँ, नदी जोगाउँ र युद्ध निषेध, शान्ति बिशेष’ अभियान स्याङ्जामा

स्याङ्जा ।
मानवअधिकार तथा शान्ति समाज काठमाण्डौंको आयोजना तथा मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको समन्वयमा हिमालय बचाउ, नदी जोगाउ लगायत युद्ध निशेष शान्ति बिशेष कार्यक्रम गरेको छ । मानव अधिकारकर्मी, युवा, बालबालिका तथा नागरिकहरुले नगर परिक्रमागरी सदरमुकाम स्थित सहिद चोकमा पुगेर कोणसभामा परिणत भएका थिए ।
सभालाई मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापतिले सम्बोधन गर्दै नागरिकका जीवन आधारसंग जोडिएका जीवन पद्धतीसंग सम्बन्धित रहेर काम समाजले बिगतदेखि काम गर्दे आएको बताए । बढ्दो प्रकृतिको दोहनले मानव तथा जीव प्रणालीमा प्रत्यक्ष नकारात्मक असर परेको जनाउदै उनले प्राकृतिक बस्तुका संरक्षणमा आजैदेखि जुट्न सुझाव दिए । हामीले हाम्रा प्रकृति संरचना जोगाउन नसकेको बताउदै उनले हिमाल, नदी जस्ता प्रकृतिका उपहारका संरक्षणगरी तीसंग सम्बन्धित करोडौ जीवहरुको जीवन जीउन सहज बनाउने काम गर्नुपर्नेमा जोड दिए ।
मानिस र मानवीय तथा प्राणी जगतको जीवन संगै प्रकृतिको संरक्षणसंग जोडिएकाले आजैदेखि सबैले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
युद्धले जहिले पनि हार्ने हुँदा युद्ध सधैका लागि सबैले अन्त्य गरिनुपर्ने उनले बताए । अहिले जारी रुसद्धारा युक्रेन माथिको आक्रमणले करोडौंको धनजन क्षति पुगेको छ भने लाखौं ब्यक्ति बिस्थापित र हजारौं ब्यक्तिले ज्यान गुमाउनु परेको उनको भनाई छ । तसर्थ युद्ध तत्काल रोकेर वार्ता मार्फत दुबै देशका नागरिकले शान्तिपूर्वक वाच्ने वातावरण बन्न र बनाउन सबैले दवाव दिनुपर्नेका उनले जोड दिए ।
यसैगरी, समाजका केन्द्रिय उपसभापति कृष्णबहादुर रावलले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा आजको आवश्यकता रहेको बताए । सामान्य औषधी र अक्सिजन समेत नपाएर धेरै युवाहरुले कोरोनाबााट ज्यान गुमेको भर्खरैको अवस्था रहेको बताउदै आउदा दिनमा राज्य र स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा सुझाव दिए ।
समाज स्याङ्जाका पूर्वउपसभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति प्रकाश डोटेलले स्वागत सहित कार्यक्रमका बारेमा जानकारी दिएका थिए भने सचिव भवानी अधिकारीले संचालन गरेकी थिइन् । केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम यही चैत १७ गतेदेखि मुलुकका २१ जिल्लामा यस्ता अभियान संचालन गर्दै आएको छ । गोरखा जिल्लाबाट सुरु भएको सो अभियान अन्र्तगत सोमबार स्याङ्जामा आइपुगेको हो । ‘हिमालय बचाउ, नदी जोगाउ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध शान्ति बिशेष’ ४ बिषयमा बिशेष अभियान संचालन गर्दे जिल्लागत कार्यक्रम गर्दे आएको हो ।

 

प्रतिक्रिया