ब्रिटिस रेडक्रसद्धारा निर्मित धारा विद्यालयहरुलाई हस्तान्तरण
स्याङ्जा ।
ब्रिटिस रेडक्रस द्धारा निर्मित खानेपानीका आयोजना हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस स्याङ्जाको आयोजना र ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा निर्मित खानेपानीको आयोजना विद्यालयहरुलाई हस्तान्तरण गरिएको हो । भीरकोटमा रहेका दहथुम माध्यमिक विद्यालय र हरिनास गाउँपालिकामा रहेको अमला भञ्याङ माध्यमिक विद्यालयमा खानेपानीको ट्याङकी र धारा निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
दुईवटै विद्यालयमा छुट्टछुट्टै कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । कार्यक्रममा रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा जिल्लाका दुई विद्यालयमा निर्मित खानेपानी योजना हस्तान्तरण गरिएको भन्दै स्वस्च्छ सफा पिउने पानी हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाउनुपर्ने बताए ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयका हरेक पक्षहरु चुस्त दुरुस्त हुनुपर्ने भन्दै खानेपानीको अभावले विद्यार्थीको अध्ययन क्रियाकलापमा प्रभाव पर्न नहुने बताए । दहथुममा भएको कार्यक्रममा नेपाली कागे्रसका नेता गोविन्दकुमार कर्माचार्य, परियोजना इन्र्चाज रोशनी बराल, विद्यालयका प्रधानाध्यापक वेदप्रसाद अर्याललगायतले खानेपानीको धारा निमार्णले विद्यार्थीहरुमा सहता प्रदान गरेको बताए । विद्यालयका जुनिटयर रेडक्रस सर्कलका अध्यक्ष मन्जु काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नायक शोभाकान्त पौडेलले गरेका थिए ।
उता हरिनासमा भएको कार्यक्रममा परियोजना इन्चार्ज बराल, निर्माण समिति अध्यक्ष राजेन्द्र चन्द ठकुरीलगायतले रेडक्रसले गरेको कामको प्रशंसायोग्य रहेको बताएका थिए । विद्यालयका जुनियर रेडक्रस सर्कलका अध्यक्ष किरण विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले गरेका थिए ।
प्रतिक्रिया