पुतलीबजार नगरपालिकामा ५ दलीय बैठक सम्पन्न

स्याङ्जा ।
आगामी स्थानिय निर्वाचनमा गठबन्धन सहित तालमेलमा जाने बिषयमा नेपाली काँग्रेस पुतलीबजार नगर कार्यसमितिले आज पार्टी कार्यालय स्याङ्जामा छलफल सुरु गरेको छ । जिल्लामा ५ दलीय गठबन्धनको छलफल सम्पन्न भएपछि पालिका स्तरमा छलफल सुरु हुन थालेको हो । नेपाली काँग्रेसका पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनबहादुर थापा, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्री गुरूङ, सचिव राजु अर्याल, , जनता समाजवादीका प्रतिनिधि पोमनारायण अर्याल, नेपाली काँग्रेस नगर सचिव महादेव श्रेष्ठ, नगर सदस्य गौतमसिंह ठकुरी सहित चारदलीय पार्टी बीच बैठक भएको नेपाली काँग्रेस नगर सचिव महादेव श्रेष्ठले जानकारी दिए ।

सरकारमा सहभागी सबैदलहरु आगामी निर्वाचनमा सहकार्य गरेर अगाडी बढ्ने निर्णय भएको बताइएको छ । पुतलीबजार नगरपालिका भित्रका १४ वटै वडा कार्यसमितिबाट सुझाव लिए प्रश्चात गठवन्धनको ठोस आधार तय गरिने र तत्पश्चात तथ्यांकका आधारमा काँग्रेस जिल्ला सभापति समक्ष प्रतिवेदन पेश गरिने नेपाली काँग्रेसका नगरसभापति अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया