हिसानको अधिवेशन अन्योलमा

काठमाण्डौ ।
उच्च माध्यमिक विद्यालय हिसानको काठमाडौंमा चैत्र २५ र २६ गते भएको आठौं महाधिवेशन अन्योलमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरेको हिसान निवर्तमान अध्यक्ष रमेश सिलवालका कारण अन्योलमा परेको हो । उद्घाटन सत्रपछि बौद्घिक बहस भएको द पार्क भिलेज रिसोटमा स्वघोषणा गरेका अध्यक्ष सिलवालको चौतर्फी आलोचना समेत भएको छ । सामान्य निवाचनको प्रक्रिया समेत नअपनाई आर्फैले अध्यक्षको घोषणा सिलवालले गरेका छन । विभिन्न जिल्लाबाट हिसानका प्रतिनिधिका रुपमा आएका प्रतिनिधि अध्यक्षका शैली शिल्पका कारण चकित परेका छन । मधेश प्रदेशबाट आएका शिवनारायण झाले भने सामान्य कक्षा प्रतिनिधि बनाउँदा त सबै विद्यार्थीको भावना बुझेर बनाईन्छ । यो के हो हिसान भनेको सिलवालको घर परिवार हो कि कसो अचम्म मान्दै गुनासो व्यक्तm गरे ।
महाधिवेशनस्थलमा आफै अध्यक्ष लगायत एकल पक्षीय साथीहरुलाई समेटेर आफैले माइक समातेको दृश्य लज्जाजनक थियो । काठमाडौ जिल्ला हिसान, वरिष्ठ उपाध्यक्ष स्वागत श्रेष्ठ, आर वि अधिकारी, शिव अधिकारी, भवानी अधिकारी , कृष्ण प्रसाद न्यौपाने, त्रिभुवन कुमार भटट, वंशीराम चौधरी, टंक प्रसाद गैह्रै, रिसी न्यौपाने, रमेश घिमिरे, वासुदेव पोखरेल, डा लुइटेल, सुदर्शन जमरकटेल, केशव धामी, किरण भट्ट लगायतका व्यक्तिmत्वहरुले पुनः अधिवेशन गराएका थिए । जसमा निष्ट कलेजका प्राचार्य डा माधव बरालको संयोजकत्वमा समन्वय समिति गठन गरेका छन । जसमा करीब २ सय भन्दा बढीले हस्ताक्षर समेत गरेका छन । अध्यक्ष सिलवाल लाज लागेर मञ्चबाट भागेका थिए । डा. माधव बराल हिसानका सस्थापक सदस्य २०५२, हिसानका उपाध्यक्ष , गतवर्षको निवार्चनमा रमेश सिलवाललाई सहमतिमा छाडेका प्राज्ञिक बौदिक क्षमतावान , परिपक्व व्यक्तित्व हुन ।
यसरी अलोकतान्त्रिक, अप्रजातान्त्रिक विधिबाट सामान्य निर्वाचनको प्रक्रिया समेत नअपनाई आफैले अध्यक्षसहित समितिमा नाम राखेकोमा धैरै जिल्लाबाट असन्तुष्टि व्यक्तm गर्दै सिलवालको समितिमा नबस्ने घोषणा धेरैले गरेका छन । डा. माधव बरालले हिसानको हक हितका लागि अप्रजातान्त्रिक पदतिका लागि आफू एक्लै भएपनि लडेर प्रजातान्त्रिक पदतिको हिसान, बौदिक व्यक्त्mित्वको हिसान बनाउने प्रतिज्ञा गरेका छन । हिसानको अन्तराष्ट्रिय सम्मेलनसमेत गर्ने धारणा सार्वजनिक गरेका छन ।

प्रतिक्रिया