वालिङको मेयर र उपमेयरमा एमालेबाट खाँण र थापा सिफारिस
वालिङ।
स्याङ्जाको वालिङ नगरपालिकाको मेयर र उपमेयरका लागि नेकपा एमालेले सर्वसम्मत उम्मेदवार टुंगाएको छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नगर कमिटीको आइतबार बसेको बैठकले मेयरमा कृष्ण खाँण र उपमेयरमा खगिसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयर र उपमेयरको नाम सर्वसम्मत गरिएको नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । मेयरको उम्मेदवारमा सिफारिस भएका खाँण एमालेको स्याङ्जा जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने उपमेयरको उम्मेदवार थापा जिल्ला कमिटी सचिवालय सदस्य हुन ।
प्रतिक्रिया