लागुऔषधमा ओसारपसार आरोपमा छ जना पक्राउ
वालिङ ।
स्थानीयतहको निर्वाचनमा प्रहरीले शन्तिसुरक्षा मजबुद बनाएको छ । निर्वाचन लक्षित सुरक्षा योजना अन्तर्गत प्रहरीले विभिन्न ठाँउमा गस्ति शुरु गरेको छ । निर्वाचनका बेला हुन सक्ने अपराधिक क्रियाकलापलाई न्युनिकरण, नियन्त्रण गर्ने अभियान अन्तर्गत सिभिल र पोषक सहितका प्रहरीलाई परिचालन गरेको छ । प्रहरीले सिद्धार्थ राजमार्गको प्रयोग गरी लागुऔषध ओसापसारलाई नजिकबाट नियाल्दै आएको थियो । सोही क्रममा प्रहरीले छ जनालाई लागुऔषध ओसार पसार संलग्नलाई प्रक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार प्रहरीको गस्ती टोलीले ४ गते देखि १२ गतेभित्र ४ जनालाई लागु औषध ओसारपसार गरेको अवस्थामा पक्राउ परेका छन् । प्रवक्ता खनालका अनुसार स्याङ्जा फेदिखोला गाँउपालिका १ बस्ने बर्ष ३५ का सन्तोष कामी, पोखरा महानगरपालिका १७ बस्ने बर्ष ३१ को अनिल गिरी, पोखरा महानगर १६ बस्ने बर्ष १९ का रविन विक र माछापुच्छ«े गाँउपालिका ८ बस्ने २२ बर्षका सन्दिप गुरुङ, कास्कीकै पोखरा महानगर १० का २० बर्षिय अभिसेक सुनार र १३ वडा बस्ने १९ बर्षिय बिमल थापालाई डाईजेपाम, नोफिन, सिरिन्ज र फेरागन लागुऔषध सहित पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषध सहित १ जनालाई वालिङ स्थित कटहरबोटबाट र ५ जनालाई गल्याङ नगरपालिकाबाट पक्राउ गरेको हो । पक्राउ परेका छ जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थपगरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाईजेपाम ९१ एम्पुल, नोफिन ९१ एम्पुल, फेरागन ९१ सहित प्रयोग गर्ने सिरिन्ज र केही नगद सहित नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया