जन्मदिनको फजुल खर्च घाइतेलाई सहयोग
स्याङ्जा ।
वालिङ नगरपालिका ८ मोडमा बिजुली पसल व्यवसाय संचालन गर्दै आएकी गितादेवी न्यौपाने कडेलले आफ्नो जन्मदिन घाईतेलाई आर्थिक सहयोग गरेर मनाएकी छन् । जन्मदिनमा केक देखी होटलमा वर्थडे पाटी गरेर फजुल खर्च गर्नेहरुका लागि चुनौती दिदै कडेलले जन्मदिनमा ट्याक्टर दुर्घट्नामा परेर घाईते भएका युवालाई आर्थिक सहयोग गरेकी हुन् । झण्डै ४ महिनादेखी ओछ्यानमै सुतेर थेरापी उपचार गरिरहेका वालिङ ८ का १७ बर्षिय कृष्णबहादुर परियारलाई ५ हजार १ सय रकम हस्तान्तरण कडेलले गरिन् । दैनिक ज्यालादारीमा आफ्नो गुजारा चलाउदै आएका अनिल र केशरी परियारको जेठो छोरा ट्याक्टरबाट खसेर गएको पौष २८ गते घाईते भएका थिए ।
ट्याक्टरबाट खसेर उनको ढाडको मेरुदण्ड भाच्चिएर नसा च्यापिएको थियो । पोखरामा उपचार पछि उनको अहिले थेरापी गरेर उपचार गरिरहेका छन् । थेरापी गर्ने पैसा नभएर उपचारमा समस्या झेलेका परियार दम्पतीलाई कडेलले गरेको सानो सहयोगले राहत मिलेको बताए । दैनिक ज्यालादारी गरेर गुजारा चलाउदै आएका परियार दम्पतीलाई ट्याक्टर दुर्घट्नाबाट छोरा घाईते भएपछि गुजारा सगै छोराको उपचारमा समस्या थपिएको थियो । भाडाको घरमा बस्दै आएका परियार दम्पतीका ३ छोरा र ३ छोरी छन् । उनको दुख सुनेर वालिङ मोडमा पशुपति इलेक्ट्रोनिक व्यावसाय गर्दै आएकी कडेलले जन्मदिनको अवसरमा फजुल खर्च कटौती गर्दै घाईतेको उपचारमा राहत मिल्ने सोचेर सहयोग गरेको बताईन् ।
अहिले मानिसहरु जन्मदिन, बैवाहिक लगायत शुभकार्यमा ठुलो रकम खर्च गर्ने गरेका छन् । फजुल खर्चलाई कडेलले जस्तै सामाजिक उत्रदायीत्वमा खर्च गर्ने हो भने परियार जस्ता दम्पतीले रहत महशुष गर्ने थिए । एक मानवले अर्को दुख पाएको मानवलाई सहयोग गर्नुनै मानवता र सामाजिक विकासमा टेवा पुग्ने थियो । परियारको उपचारमा लामो पद्धती अनुसार गर्नुपर्ने बाध्यता आइपरेको छ । यो दुखमा उनले अन्य कडेल जस्तै महान व्यक्तिहरुको पर्खाइमा रहेको परियार दम्पती छ ।
प्रतिक्रिया