को हुन नेपाली काँग्रेसबाट भीरकोटमा मेयरका उम्मेदवार गोविन्द कर्माचार्य ।
भीरकोट ।
आसन्न स्थानीय तहको निर्वाचनमा भीरकोट नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार हुन गोविन्द कुमार कर्माचार्य । विद्यार्थी जिवन देखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेता हुन गोविन्द कुमार कर्माचार्य। विद्यार्थी राजनीति देखि विभिन्न समाजसेवामा सक्रिय सहभागिता जनाउँदै आएका नेता कर्माचार्य भीरकोट नगरपालिका वडा नम्वर १ मा जन्मिएका हुन् ।
स्थानीय तहलाई नै भुगोल बनाएर राजनीतिमा सक्रिय रहेका नेता कर्माचार्य २०३८ सालमा २५ बर्षको उमेरमै वडाध्यक्ष भएका थिए । २०४३ सालमा उपप्रधानपञ्च, २ पटकसम्म २०४९ र २०५४ मा साविक दार्सिङ दहथुम गाविसका गाविस अध्यक्ष भैसकेका कर्माचार्य भीरकोटको लागि सबै जनताले उपयुक्त पात्रको रुपमा लिएका छन् । २०३९ सालमा काँग्रेसको क्रियाशिल सदस्यता लिएपछि हालसम्म निरन्तर सक्रिय कर्माचार्य सबैको आशा र भरोसाको केन्द्रबिन्दु हुन् । पार्टीको विभिन्न ओहोदामा बसेर काम गरेका कर्माचार्य काँग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् । २०३८ सालदेखिका देशमा भएका हरेक आन्दोलनको स्थानीय तथा जिल्लास्तरमा अग्रणी भूमिकामा रहेर नेतृत्व गरेका कर्माचार्य आफैमा अनुभवी र सक्षम नेतृत्वदयी नेताको रुपमा परिचित छन् । दर्जनभन्दा बढी संघसंस्थाको सफल नेतृत्व गरिसकेका कर्माचार्यसंग साच्चै भीरकोटको मुहार फेर्न सक्ने योजना र क्षमता रहेको छ ।
विद्यार्थी राजनीति देखि नै निकै लोकप्रिय नेताका रुपमा रहेका कर्माचार्यले जनभावना अनुशार काम गर्छन भन्ने कुरामा आम नागरिक विस्वस्त देखिन्छन् । भीरकोट नगरपालिकामा सुरु भएको कार्यहरुलाई निरन्तरता दिदै सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको कर्माचार्य बताउछन् । विगतको समाजसेवाको अनुभव र जनताको चाहना अनुशार चुनावी मैदानमा होमिएको कर्माचार्यको भनाई छ ।
प्रतिक्रिया