काँग्रेसको राजनीतिमा यसरी उदाए यूवा नेता भट्टराई

स्याङ्जा ।
२०३४ साल पुस २७ गते पृथ्वी जयन्तीका दिन हाल गल्याङ नगरपालिका वडा नं ३ सिम्लेमामा जन्मिएका गुरूप्रसाद भट्टराई २०४६ सालमा नेविसंघको साधारण सदस्यता लिएसंगै १३ बर्षको उमेरबाट नै राजनीतिमा प्रवेश गरेका थिए । उनी नेविसंघमा निरन्तर लाग्दै २०५४ सालमा वालिङ बहुमुखी क्याम्पसको सह–सचिव , २०५७ सालमा नेविसंघ पाल्पा–स्याङ्जा सम्पर्क समितिको सभापति , २०६० सालमा नेविसंघ स्याङ्जा जिल्लाको उपसभापति, २०६३ सालमा नेविसंघ स्याङ्जाको सभापति, २०६७ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य हुँदै नेविसंघ केन्द्रीय सदस्य भएका थिए । पार्टीमा निरन्तर लागेका भट्टराई २०७२ सालको नेपाली काँग्रेसको १३ औं महाधिवेशन बाट महाधिवेशन प्रतिनिधि हुँदै २०७८ सालको १४ औं महाधिवेशनबाट अत्याधिक मत सहित महासमिति सदस्य र जिल्ला सचिवमा निर्वाचित भएका थिए ।
अहिले स्याङ्जाको गल्याङ नगरपालिकाको मेयर पदका उम्मेदवार भट्टराईले नगरको शैक्षिक विकासका लागि आफ्ना २१ वटा गुरुयोजना अगाडि सारेका छन् । आफु निर्वाचित भएमा आगामी पाँच बर्षमा गर्ने कामहरुको स्थानीय संकल्पपत्र सार्वजनिक गर्दै उनले काम गरेर देखाउने मौका दिन अपिल गरेका छन् । विद्यालय तह देखि नै राजनीतिमा सक्रिय युवा नेता भट्टराई शैक्षिक गुणस्तर नसुधारे सम्म सामाजिक विकास हुदैन भन्ने सोचका व्याक्ति हुन् । नेपाली काँग्रेस स्याङ्जाको सचिव समेत रहेका भट्टराई निडर, मिलनसार र हक्की स्वभावका एक युवा नेतका रुपमा परिचित छन् ।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएका उम्मेदवार भट्टराईले नगरपालिकामा शिक्षा र युवालाई अवसर दिने विषयलाई उच्च प्राथमिकतामा राखेका छन् । गल्याङ नगरलाई शिक्षाको केन्द्र बनाउने उनको अठोट छ । उनले कक्षा १ देखि १२ सम्मको शिक्षालाई निशुल्क शिक्षा बनाउन पालिकाबाट अनुदान प्रदान गर्ने योजना बनाएका छन् । त्यसैगरी बालबिकास देखि आधारभूत तहसम्मका कक्षामा नैतिक शिक्षा अनिवार्य गरी सभ्य नागरिक निर्माणका लागि पहल गर्ने, एक बिद्यालय एक शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिमको प्रदान गरि सबै विद्यालयलाई समान हिसाबले अब्बल बनाउने, दलित विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, क्याम्पस पढ्ने दलित विद्यार्थीलाई मासिक छात्रवृत्तिको ब्यबस्था गर्ने उनले अठोट लिएका छन् ।

विद्यालयको गुणस्तर सुधारका लागि प्रधानाध्यापकलाई उत्तरदायी बनाउदै उत्कृष्ट नतिजाको आधारमा पुरस्कार र थप अनुदान दिने, माध्यमिक शिक्षालाई थप गुणस्तरीय बनाउन बिषयगत शिक्षक तालिमको ब्यबस्था गर्ने, विधाबारिधि गर्ने नगर भित्रका नागरिकलाई १ लाख रुपैयाँ सम्मको सहयोग उपलब्ध गराउने उनको योजना छ । मेयरका उम्मेदवार भट्टराईले विभिन्न वाडहरुमा प्राबिधिक शिक्षा सन्चालन गर्ने, प्रत्येक विद्यालयमा कम्तीमा एक जना दक्ष कम्प्युटर शिक्षक राख्ने र त्यसका लागि प्रभाबकारी तालिमको ब्यबस्था गर्ने, शिक्षकहरुलाई आस्थाको आधारमा नभै क्षमताको आधारमा पुरस्कार र जिम्मेवारीको ब्यबस्था गरिने प्रतिवद्धता जनाएका छन् । नगरभित्रका केही विद्यालयहरुलाई नमुना विद्यालय बनाइ शैक्षिक पर्यटनको केन्द्र बनाउने, गुरुकुलहरुलाई थप अनुदानको ब्यबस्था मिलाई विद्यार्थीहरुको आकर्षण बढाउने उनकोे योजना छ ।

शिक्षाको विकास सगै गल्याङ नगरलाई कृषिको हब बनाउने योजनालाई पनि अगाडी सारेका छन् । कृषिमा आत्मनिर्भर नबनाए सम्म गल्याङवासीको आयआर्जनमा उपलब्धी हासिल गर्न नसकिने सोचमा रहेका भट्टराईले कृषिलाई बिशेष योजना तयार गरी अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नागरिकका आधारभुत आवश्यकता पुरा गर्न आफ्नो नेतृत्व खाचो भएको दावी गरेका भट्टराई गल्याङ नगरवासीका युवा देखी बृद्धा सम्मको मन जित्न सफल भएका छन् ।

 

 

प्रतिक्रिया